
मियामी, २९ जेठ । अमेरिकी गायिका क्रिस्टिना ग्रिमीको गोली हानी हत्या गरिएको छ । उहाँले ओल्र्याण्डोमा कन्सर्ट दिएका बेला एकजना अज्ञात व्यक्तिले गोली चलाएको थियो ।
ओल्र्याण्डोमा आयोजित कन्सर्टमा गीत गाएर दर्शकलाई अटो दिएको समयमा शुक्रबार गोली लागेकी उनलाई उपचारका लागि अस्पताल पुरयाइएको थियो ।
उनको शुक्रबार अबेर अस्पतालमै निधन भएको प्रहरीले जानकारी दिएको छ । गोली हानेपछि क्रिस्टिनाका दाजुले उक्त व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा उसले आफैलाई पनि कन्चटमा गोली हानेको थियो ।
क्रिस्टिनालाई गोली प्रहार गर्ने व्यक्तिको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । ओल्र्याण्डो प्रहरी विभागले आफ्नो ट्वीटर अकाउन्टमार्फत सो जानकारी दिएको छ ।
अटो लिनखोजेजस्तो गरी एकजना व्यक्ति हिँड्दै उनी रहेको स्थानमा आएको र नजिकै आएर गोली हानेको प्रहरीले जनाएको छ ।
हत्याको थप विवरण आएको छैन । अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न