
मियामी, २९ जेठ । अमेरिकी गायिका क्रिस्टिना ग्रिमीको गोली हानी हत्या गरिएको छ । उहाँले ओल्र्याण्डोमा कन्सर्ट दिएका बेला एकजना अज्ञात व्यक्तिले गोली चलाएको थियो ।
ओल्र्याण्डोमा आयोजित कन्सर्टमा गीत गाएर दर्शकलाई अटो दिएको समयमा शुक्रबार गोली लागेकी उनलाई उपचारका लागि अस्पताल पुरयाइएको थियो ।
उनको शुक्रबार अबेर अस्पतालमै निधन भएको प्रहरीले जानकारी दिएको छ । गोली हानेपछि क्रिस्टिनाका दाजुले उक्त व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा उसले आफैलाई पनि कन्चटमा गोली हानेको थियो ।
क्रिस्टिनालाई गोली प्रहार गर्ने व्यक्तिको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । ओल्र्याण्डो प्रहरी विभागले आफ्नो ट्वीटर अकाउन्टमार्फत सो जानकारी दिएको छ ।
अटो लिनखोजेजस्तो गरी एकजना व्यक्ति हिँड्दै उनी रहेको स्थानमा आएको र नजिकै आएर गोली हानेको प्रहरीले जनाएको छ ।
हत्याको थप विवरण आएको छैन । अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]