
ढाका, २८ जेठ । बङ्गलादेशमा पछिल्लो समयमा यहाँ रहेका अल्पसङ्ख्यक हिन्दू धर्मावलम्बीको हत्याको शृंखलामा व्यापक मात्रामा बृद्धि भएको समाचार छ ।
शुक्रबारमात्र पनि एकजना हिन्दू धर्मका पुजारीको हत्या भएको छ । उहाँ बङ्गलादेशमा हिन्दू धर्मका मठ मन्दिरमा पाठपूजाको कामगर्ने गर्नुहुन्थ्यो ।
अज्ञात व्यक्तिको एक समूहले ६२ वर्षीय ती पुजारी नित्यरन्जन पाण्डेको शुक्रबार बिहान हत्या गरेका हुन् । उत्तरपश्चिमी बङ्गलादेशको पबना जिल्लामा आफ्नै घर नजिकै उहाँको हत्या गरिएको हो ।
उहाँ मधुमेहका रोगी हुनुहुन्थ्यो । यसै कारण उहाँ हरेक दिन बिहानको समयमा घर वरिपरिको क्षेत्रमा हिँड्ने गर्नुहुन्थ्यो ।
शुक्रबार पनि एका बिहानै बिहानको हिँडाइका लागि निस्किनुभएका उहाँलाई हत्या गरिएको प्रहरीले बताएको छ ।
बिहानको हिडाइमा रहनुभएका उहाँलाई आक्रमणकारीहरुले धारिलो हतियारले घाँटी छिनाएर हत्या गरेका थिए ।
अहिलेसम्म पनि उहाँको हत्याको जिम्मेवारी कसैले पनि लिएको छैन । तर यस हत्यामा मुस्लिम अतिवादीको हात रहेको प्रहरीलको अनुमान छ ।
बङ्गलादेशमा क्रिश्चियन र हिन्दू धर्मका अल्पसङ्ख्यक नागरिकको हत्याको शृंखला पछिल्लो समयमा बढ्दो मात्रामा रहेको छ । उक्त हत्याहरुमा मुस्लिम अतिवादी सङ्गठनका विद्रोहीको सम्लग्नता रहेको पनि प्रहरीले जनाएको छ ।
गत मङ्गलबार मात्र पनि अर्का एकजना हिन्दू पुजारी यसैगरी मारिनुभएको थियो । पश्चिमी बङ्गलादेशमा गएको मङ्गलबार मात्र हिन्दू धर्मका पुजारी मारिएको खबरमा जनाइएको थियो ।
अज्ञात आक्रमणकारीले ७० वर्षका ती हिन्दू पुजारीको हत्या गरेका हुन् । बङ्गलादेशमा अल्पसङ्ख्यक धार्मिक व्यक्तिको हत्या गर्ने क्रममा उहाँ पनि शिकार बन्नु परेको प्रहरीले जानकारी दिएको छ ।
हत्या भएका पुजारी आनन्द गोपाल गंगुली रहनुभएको छ । उहाँलाई आफ्नो घर बङ्गलादेशको जेनिदाह जिल्लाको नोलदांगामा हत्या गरी नजिकैको खेतमा फालिएको बताइएको छ ।
यसरी मारिनेमा यसअघि पनि बङ्गलादेशमा बसोबास गरिरहेका विभिन्न धर्मका व्यक्ति परेका थिए । पछिल्लो समयमा यहाँ मुस्लिम अतिवादीहरुले यसरी फरक धर्मका व्यक्तिको हत्या गर्ने गरेका छन् ।
यता प्रहरीले पनि यसरी अल्पसङ्ख्यक धार्मिक व्यक्तिमाथि गर्ने गरेका हत्यामा सम्लग्नहरुको खोजी र उनीहरुमाथि कडा कारबाहीलाई जारी नै राखेको छ ।
प्रहरीले गत वर्ष मात्र बङ्गलादेशमा रहेको एक क्रिश्चियन चर्चमा हमला गर्ने एकजना मुस्लिम अतिवादी व्यक्ति प्रहरीको कारबाहीका क्रममा मारिएको बताएको थियो ।
आफ्नो भूमिगत नाम कावसर राखेको उक्त व्यक्ति बुधबार बिहान अकस्मात भेटिएको र उसले प्रहरीमाथि गोली प्रहार गरेको जनाइएको थियो । त्यसको विरुद्ध प्रहरीले गरेको जवाफी फायरका क्रममा उसको ज्यान गएको हो ।
बङ्गलादेशमा हालैका दिनहरुमा आक्रमण गरी अल्पसङ्ख्यक हिन्दू एवम् मुस्लिम धर्माबलम्बीहरुको ज्यान लिने गरिएको छ । पछिल्लो समयमा यस्ता अतिवादीहरुको निशाना यहाँका हिन्दू धर्मावलम्बीहरु परेका छन् ।
प्रहरीले यसरी हत्यामा सम्लग्न हुनेमा जैमेतुल मुजाहिद्दिन बङ्गलादेश नामक समूहमाथि आशङ्का गर्ने गरेको छ । त्यस संगठनका सदस्यहरु यस्ता काममा सहभागी भएका पाइएको प्रहरीले पत्ता लगाएको छ ।
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित