काठमाडौँ,२७ जेठ । नेपाल इन्टरनेसनल तेक्वान्दो महासङ्घका उपाध्यक्ष चेतनराज गिरीलाई नक्कली कागज बनाई दक्षिण कोरिया पठाइदिने भनी विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको छ ।
म्याग्दी घर भएका ५३ वर्षीय टेकप्रसाद लामगादेबाट रु एक लाख र दीपक सुनारबाट रु दुई लाख ६० हजार लिई इन्टरनेसनल तेक्वान्दो फेडरेसनको नक्कली कागज बनाएको जनाउँदै महानगरीय अपराध महाशाखाको टोलीले स्थानीय त्रिपुरेश्वरबाट उनलाई पक्राउ गरेको हो ।
जुम्ला चन्दननाथ नगरपालिका घर भएका गिरीलाई ठगी मुद्दामा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।
झापा घर भएका राजेन्द्र दवाडीलाई समेत फेडेरेसनको नक्कली कार्ड मार्फत तेक्वान्दोको खेलाडी बनाई रु सात लाख ५० हजार लिई लन्डन पठाएकामा नक्कली कागजात भन्ने थाहा भएपछि त्यहाँको विमानस्थलबाट फिर्ता पठाइएको थप जाहेरी महाशाखामा परेको छ ।
उनले महासङ्घबाट नक्कली खेलाडी बनाई रकम लिएर अन्तर्राष्ट्रिय खेलमा सहभागी गराउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अभियुक्त गिरी रग्वी सङ्घको समेत महासचिव रहेको तथा उनले न्युजिल्यान्ड, बेलायत, चीन र क्यानडामा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो खेलमा रेफ्रीका रुपमा भूमिका निर्वाह गरेका थिए ।
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
नेपालका शिक्षामन्त्रीसँग बेलायतका राजदूतको भेट, आपसी सहयोगबारे छलफल
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष