
काठमाडौँ, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले धेरैले नसोचेको काम गरेर देखाउने बताउनुभएको छ ।
सार्वजनिक संस्था कर्मचारी सङ्गठन नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले वर्तमान सरकार भूकम्प, नाकाबन्दी विभिन्न कठिनाइका बाबजुद पनि कर्मचारीको तलब २५ प्रतिशत बढाएर जिउँदा सरकारको अनुभूत गराएको बताउनुभयो ।
राष्ट्रसेवक कर्मचारीमा स्पष्टता र सक्रियता हुनुपर्नेमा जोड दिँदै उहाँले कर्मचारीका समस्या समाधानमा सरकार प्रयत्नशील भएको हुनाले मुलुक सङ्कटका बीचमा पनि कर्मचारीको तलब २५ प्रतिशत वृद्धि गरेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले देश विकास गर्नका लागि आफूले देखेको सपना नभएर विकासका योजना भएको र त्यो सपना पूरा गरेर देखाउने दाबी गर्नुभयो ।
सरकार नयाँ ढङ्गले तीव्रताका साथ काम गर्ने तयारीमा लागिरहेको भए पनि १५ वटा पार्टीलाई साथमा लिएर काम गर्न केही जटिलता भएको भन्दै उहाँले थप्नुभयो – “सरकारले नयाँ ढङ्गले काम गरिरहेको छ भन्नेबारे बुझ्न गाह्रो छ, अरु त के आफ्नै पार्टीले बुझ्दैन ।”
प्रधानमन्त्री ओलीले मुलुकमा अझै पनि तुइनबाट यात्रा गर्दा झरेर मान्छेहरु मर्ने भएकाले आगामी २०७४ भदौसम्म तुइन विस्थापन गर्ने गरी काम अघि बढाएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेपालका कर्मचारीहरुको ढिला हिँड्ने बानी भएको भन्दै आज अल्छी लाग्यो भोलि काम गर्ने भन्दै सार्ने, जनताका फाइल घुमाइरहने जस्तो काम नगरी जनताको सेवामा लागिरहन आग्रह गर्नुभयो ।
सङ्गठनका अध्यक्ष कृष्णमान श्रेष्ठले वर्तमान सरकारले राष्ट्रसेवक कर्मचारीको भावना बुझेर २५ प्रतिशत तलब वृद्धिले कर्मचारीलाई निकै उत्साहित बनाएको र कर्मचारीभित्रका विकृति हटाएर क्रियाशील रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
दुई दिनसम्म चल्ने महाधिवेशनले नयाँ कार्यसमितिसमेत चयन गर्नेछ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते