तेहरान (इरान), २१ जेठ । इरानका सर्वोच्च नेता आयोतोल्लाह अलि खामेनीले शुक्रबार इरानी टेलिभिजनद्वारा प्रसारित एक सम्वोधनमा अमेरिका, बेलायत र इजरायल अहिले पनि इरानको प्रमुख शत्रु भएको बताउनुभएको छ ।
खामेनीले वासिङटनले तेहरानको आणविक हतियार सम्झौता सम्बन्धमा विलम्ब गराएको आरोप लगाउनुभएको छ ।
“अमेरिका, दुष्ट बेलायत र क्यान्सरयुक्त यहुदी राज्य (इजरायल) इरानका प्रमुख शत्रु हुन्”, इरानी सर्वोच्च नेता खामेनीले इरानी क्रान्तिकारी पूर्वज आयोतोल्लाह रुहाल्लाह खामेनीको २७ औँ स्मृतिदिवसका अवसरमा इरानी टेलिभिजनमा गरेको सम्बोधनमा बताउनुभयो ।
सर्वोच्च नेता खामेनीले विश्व शक्ति राष्ट्रसँग सन् २०१५ मा गरिएको आणविक सम्झौताबारे र सन् २०१६ जनवरीदेखि कार्यान्वयन गरिएको बोल्नुहुँदै भन्नुभयो, अमेरिकाले आफ्नो प्रतिज्ञालाई तोडेको छ ।
हामी विश्व शक्ति राष्ट्रहरु चीन, फ्रान्स, रसिया, बेलायत एवम् अमेरिका र जर्मनीसँग (पी ५+१) आणविक हतियार सम्बन्धमा सम्झौता गरयौँ । यसलाई थप बल मिलोस् भनेर अमेरिकासँग पनि छुट्टै वार्ता गरयौँ । सम्झौतापूर्व अमेरिकाले केही प्रतिबद्धतासमेत जनायो र हामीले पनि प्रतिबद्धता जनायौँ । हामीले प्रतिबद्धता पूरा गरयौँ तर अविश्वासी अमेरिकाले विलम्ब गर्दै आएको छ, खामेनीले इरानी जनतालाई सम्बोधन गर्ने क्रममा बताउनुभयो ।
जसले अमेरिकालाई विश्वास गरेको छ, उसले ठूलो गल्ती गरिरहेको छ र अमेरिकाले उसलाई झापड लगाउने छ, वर्तमान् राष्ट्रपति हसन रौहानीलाई इङ्गित गर्दै इरानी सर्वोच्च नेताले बताउनुभयो ।
आणविक सम्झौता मध्य जनवरीमा कार्यान्वयनमा ल्याएपछि इरानमाथि लगाइएका केही अन्तर्राष्ट्रिय नाकाबन्दी हटाइएका छन् तर अमेरिका र यूरोपियन युनियनले इरानको क्षेप्यास्त्र कार्यक्रम, मानव अधिकारको अवस्थालगायतका कुरालाई थाँती राख्दै अमेरिकाद्वारा आतङ्कवादी सूचीमा राखेको लेबनानी हेजबुल्लाह समूहलाई समर्थन गरी अगाडि आएको, उहाँको भनाई थियो ।
इरानले हेजबुल्लाह समूहसँग वार्तामा बस्ने कुरा असम्भव रहने पनि सम्बोधनका क्रममा खामेनीले व्यक्त गर्नुभयो ।
इरानमा आणविकसम्बन्धी करिब एक दशक लामो नाकाबन्दीका कारण तेहरानको अर्थतन्त्रमा ठूलो असर परेको छ ।
वर्तमान राष्ट्रपति हसन रौहानीले नयाँ संसदलाई गतहप्ता सम्बोधन गर्दै इरानको आठ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्यलाई पूरा गर्न प्रत्येक वर्ष ३० देखि ५० अर्ब अमेरिकी डलरको विदेशी लगानी आवश्यकता पर्ने बताउनुभएको थियो ।
तर यसबारे असहमति जनाउँदै सर्वोच्च नेता खामेनीले विदेशी लगानीमा भर पर्नुभन्दा आन्तरिक ‘प्रतिरोधक अर्थतन्त्र’ बारे सोच्न आग्रह गर्नुभएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते