काठमाडौँ, २१ जेठ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा वित्तीय अनुशासनको लक्ष्मण रेखालाई आत्मसात् गरी बजेट प्रस्तुत गरेको बताउनुभएको छ ।
आव २०७३, ०७४ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको छलफलमा भाग लिनुभएका विभिन्न सांसदले व्यवस्थापिका–संसद्मा उठाउनु भएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले विकास निर्माणको कार्यलाई जोड दिन ठूलो आकारको बजेट प्रस्तुत गरेको बताउनुभयो ।
उहाँले बजेट निर्माण गर्दा विषय विशेषज्ञसँगको छलफल र राष्ट्रिय योजना आयोगले उपलब्ध गराएको सिलिङलाई आधार मानेको तथा प्राप्त स्रोत र साधनलाई मध्यनजर गरी न्यायपूर्ण समतामुलुक समाज निर्माणमा न्यायोचित बजेट विनियोजन गरेको दाबी गर्नुभयो ।
उहाँले आगामी दुई वर्षभित्र विद्युत् भार कटौतीको अन्त्य गर्न बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा बजेट कम हुन नदिने र बजारमा तरलताको अवस्था आउन नदिन लगानीको वातावरणमा सुधार ल्याउन करको दायरा बढाएको पनि स्पष्ट पार्नुभयो ।
मन्त्री पौडेलले सन्तुलित विकासका लागि सरकारले तराईका १८ जिल्लामा रु नौ अर्ब बजेट विनियोजन गरेका, काठमाडौँ द्रुतमार्ग, कृषि उद्योग, जलस्रोत कृषिको आधुनिकीकरण, सडक, विमानस्थल, सहरी विकास आयोजना, जलविद्युत्, कृषि सहकारी क्षेत्रको विकासमा सरकार सन्तुलित रहेको बताउनुभयो ।
उहाँले आवमा ६ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सक्ने गरी रकम र कार्यक्रमको व्यवस्था गरेको बताउनुभयो ।
अर्थमन्त्री पौडेलले चालु वर्षको तुलनामा शिक्षा, स्वास्थ्य इन्धन, कृषिलगायतका मन्त्रालयमा विनियोजन वृद्धि गरेको र स्थानीय निकायमा बजेट बढाएको बताउनुभयो ।
उहाँले प्रशासनिक सुधारबाट राजस्व वृद्धि गरिने, कर सहुलियतको व्यवस्था, राजस्व चुहावट नियन्त्रण गर्ने, २३ प्रतिशत राजस्व सङ्कलन वृद्धि गर्ने, निजी क्षेत्रलाई प्रभाव नपर्ने गरी आन्तरिक ऋण उठाउने व्यवस्था गरेको र हिमाल, तराई पहाडको सन्तुलित विकासमा कटिबद्धता बजेटमार्फत अघि सारेको बताउनुभयो ।
अर्थमन्त्री पौडेलले खोपः विश्वविद्यालय स्थापना, हेटौँडा अस्पातालाई ५० शै्ययामा विस्तारका लागि बजेट विनियोजन भएको उल्लेख गर्दै आगामी दिनमा बजेट फ्रिज हुन नदिन अधिकृत स्तरको जनशक्ति परिचालन गर्ने व्यवस्था गरेको बताउनुभयो ।
यसअघि व्यवस्थापिका–संसद्को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा आज संयन्त्र वान्तवा, पशुराम तामाङ, अनुराधा थापामगर, आशा चतुरवेदी दीपक गिरी, सुरेन्द्र पाण्डे, हितराज पाण्डे, मनमोहन भट्टराई, केशव बडाल, सीता नेपाली, नवीन्द्र राज जोशी, धनराज गुरुङ, रामेश्वर फुयाल, रोमी गौचन थकालीलगायतका सभासद्ले उठाउनुभएको जिज्ञासलाई मन्त्री पौडेलले जवाफ दिनुभएको हो ।
व्यवस्थापिका संसद्को बैठक भोलि दिउँसो ३ बजे बस्नेछ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते