
व्यवस्थापिका संसदको सोमबारको वैठकमा उठेर विरोध जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरु । तस्विर रत्न श्रेष्ठ
काठमाडौँ, १८ जेठ । प्रतिपक्षी दल नेपाली काँग्रेसले बजेट सदनमा प्रस्तुत गर्नु पूर्व नै बजेटका केही अंश चुहाइएको विषयमा छानबिन गर्न गरेको मागमा संसदीय विशेष समिति गठन गर्न सत्ता साझेदार दलहरु सहमत भएका छन् ।
आज नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद भवनमा भएको सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच भएको छलफलमा सो समिति गठन गर्न सहमति भएको हो । अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते नयाँ आवका लागि नयाँ बजेट संसदमा पेस गर्नुभएको थियो ।
बजेट सदनमा प्रस्तुत गर्नुपूर्व नै सरकारले बजेटको केही अंश चुहाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकाले सोमबारको सदन चार पटकसम्म अवरोध गरेको थियो । प्रमुख प्रतिपक्षी दलको सो माग पूरा गर्न सत्तारुढ दलहरु सहमत भएका हुन् ।
व्यवस्थापिका–संसदको आजको बैठकले नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ढकालले व्यवस्थापिका संसदको कार्यसञ्चालन नियमावली, २०७० को नियम ११६ अनुसार संसदीय छानबिन विशेष समिति गठन गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृति गरेको हो ।
सो प्रस्तावलाई नेकाका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले समर्थन गर्नुभएको थियो । सो समितिको संयोजकमा नेकाका रमेश लेखक रहनुभएको छ । सो समितिमा आठजना सदस्य रहनुभएको छ । समितिको कार्यावधि तीन महिना पन्ध्र दिन तोकिएको छ ।
समितिको कार्यक्षेत्रमा व्यवस्थापिका–संसदमा प्रस्तुत गर्नुपूर्व नै राजस्व र व्ययको वार्षिक अनुमान अन्तरनिहीत कतिपय तथ्याङ्क सार्वजनिक भएको सम्बन्धमा सदनमा उठाइएका प्रश्नहरुमाथि दृष्टिगत गरी सो सम्बन्धमा वास्तविकता पत्ता लगाई प्रतिवेदन पेस गर्ने र विगतमा यस सम्बन्धमा भए गरेका विषय समेतलाई अध्ययन गरी सुझाव दिने भनिएको छ ।
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन