
बेइजिङ, १७ जेठ । लगातार परेको वर्षाका कारण दक्षिण चीनको हौहे र याङ्जे नदीमा बाढी आउँदा दशौँ हजार मानिस प्रभावित भएका छन् ।
वर्षाको प्रभाव थप तीन दिन रहने स्थानीय मौसम विज्ञान विभागले सोमबार बताएको छ ।
वर्षाले सोमबारदेखि बुधबारसम्म यस क्षेत्रमा नराम्रो प्रभाव पार्ने बताउँदै विभागले थप सतर्कता अपनाउन चिनियाँ नागरिकलाई आग्रह गरेको छ ।
विभागले आगामी दिनमा पनि चीनको दक्षिणी भूभाग हेनान, सिचुवान, हुवेई, अन्हुई, जियाङ्सु, साङघाईलगायतका ठाउँमा १३० मिलिमिटरसम्म वर्षा हुने राष्ट्रिय मौसम पूर्वानुमान शाखाले बताएको छ ।
लगातार एकहप्तादेखि आएको वर्षाका कारण हुनान प्रान्तमा दुई लाख ७० हजार एवम् गुवाङडोङ प्रान्तमा झन्डै ४० हजार मानिसलाई विस्थापित गरेको छ ।
वर्षाका कारण सो अवधिमा आठ जनाको मृत्यु भएको र छ जना बेपत्ता रहेको चीनले बताएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते