
फुटवलर विमल घर्ती मगरकी १७ वर्षीया बहिनी मनिषा घर्ती मगरको मृत्यु रहस्यमय भएको भन्दै शव परीक्षण भैरहँदा शिक्षण अस्पताल महाराजगञ्ज परिसरमा विमल र उनको आमा । तस्बिर ः प्रदीपराज वन्त, रासस
नवलपरासी, १४ जेठ । राष्ट्रिय फुटवलर खेलाडी विमल घर्तीमगरको १७ वर्षीय बहिनी मनिषा घर्तीमगरको रहस्यमय तरिकाले भएको हत्याको अनुसन्धान सुरु गरिएको छ ।
मनिषाको शव घरमा बिहीबार एक्कासि छेदविच्छेद अवस्थामा फेला परेपछि मनिषाको हत्या भएको आशङ्कामा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताउनुभयो ।
प्रहरीले मनिषाको हत्या भएको हुनसक्ने र सो हत्यामा संलग्न रहेको आशङ्कामा मनिषासँग प्रेमसम्बन्ध रहेका नवलपरासी तिलकपुरका २२ वर्षीय रुद्रनारायण चौधरी (आशिष) लाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।
यता मनिषाको शवलाई शव परीक्षणका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश सापकोटाका अनुसार आज शव परीक्षणको प्रतिवेदन आएपछि अनुसन्धान गर्न थप सजिलो हुनेछ ।
नवलपरासीको बर्दघाट–८ पञ्चनगर घरमा एक्लै रहेकी मनिषा बिहीबार बिहान घरभित्र मृत अवस्थामा फेला परेकी थिइन् । मनिषाको रहस्यमय तरिकाले हत्या भएपछि आफन्त र स्थानीयवासी शोकमा डुबेका छन् ।
मनिषा स्थानीय बर्दघाटस्थित न्युलाइफ उच्चमावि बर्दघाटमा कक्षा ११ को परीक्षा दिएर बसेकी थिइन् । मनिषाको हत्याको पूर्ण कारण खुल्नसकेको छैन । प्रहरीका अनुसार घटनास्थलको अव्यवस्था हेर्दा मनिषाको हत्या भएको अनुसक्ने प्रहरीलको अनुमान छ ।
विमल घर्तीमगर खेलको सिलसिलामा बेल्जियम रहेकाले र आमा काम विशेषले बुटवल गएको अवस्थामा मनिषा घरमा एक्लै रहेकी थिइन् । मनिषा एक्लै भएको मौका छोपेर हत्या गरिएको अनुमान गरिएको छ ।
आमा बिहीबार बिहान घर फर्किदा घरको ढोका खुल्लै रहेको र कोठामा हेर्दा छोरी मृत अवस्थामा देखेपछि स्थानीय बासिन्दा र प्रहरीलाई खबर गरेपछि मात्र घटना बाहिर आएको थियो । मनिषाका दाजु विमल बेल्जियमबाट शुक्रबार काठमाडाँै आइपुगेका छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते