
काठमाडौँ, १२ जेठ । दश हजार कैदीबन्दी राख्न मिल्नेगरी दुईवटा कारागार बन्ने भएका छन् ।
पछिल्लो समय फैसला कार्यान्वयन केन्द्र प्रयोगमा आएपछि अपराधीको सङ्ख्यामा वृद्धि भएको र कारागारको सङ्ख्या कम भएकाले दुईवटा ठूला क्षमताका कारागार थप्न लागिएको कारागार व्यवस्थापन विभागका महानिर्देशक हिमनाथ दवाडीले जानकारी दिनुभयो ।
नयाँ बन्न लागेका कारागारमध्ये नुवाकोटमा सात हजार कैदीबन्दी क्षमताको केन्द्रीय कारागार र बाँकेमा तीन हजार क्षमताको क्षेत्रीय कारागार रहनेछ । यसका लागि नुवाकोटमा ५३५ रोपनी र बाँकेमा १० बिघा जग्गासमेत लिइसकिएको दवाडीले बताउनुभयो ।
उहाँले गत वर्षको भूकम्पले ३० जिल्लाभन्दा बढी जिल्लाको कारागारमा क्षति पुगेकाले चाँडो कारागार निर्माण गर्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले कारागार बनाउने निर्णय गरेअनुसार हामीले बोलपत्र आह्वान गरिसकेका छौँ, अब पाँच वर्षभित्र प्रयोगमा आउने गरी काम अगाडि बढाउँछौँ ।”
हाल नेपालमा १० हजार कैदीबन्दी अट्ने कारागार भएपनि १८ हजार कैदीबन्दी राखिएको छ । त्योमध्ये १६ हजार ३५२ पुरुष, एक हजार २८८ महिला, एक हजार ४६ विदेशी, २०० बालकैदी र ९६ आश्रित बालबालिका रहेका छन् ।
ती कैदीबन्दी देशका ७२ जिल्लाका ७४ कारागारमा रहेका छन् ।
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा