काठमाडौँ, ११ जेठ । सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अदालतको अपहेलनासम्बन्धी मुद्दामा तीन दिनभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको छ ।
कामु प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले आज अदालतको अपहेलनासम्बन्धी मुद्दामा अध्यक्ष दाहाललाई तीन दिनभित्र अदालतमा आफैँ वा आफ्नो प्रतिनिधिमार्फत लिखित जवाफ पठाउन आदेश दिएको अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो ।
केन्द्रका अध्यक्ष दाहालले केही दिनअघि न्यायालयका बारेमा मानहानि हुने खालको आपत्तिजनक अभिव्यक्ति दिएको आरोप लगाउँदै अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा अदालतको अपहेलनामा कारबाही गर्न माग गर्दै मुद्दा दायर गर्नुभएको थियो ।
मुद्दामा अदालतको गम्भीर अवहेलना गरेको विषयमा एक वर्ष कैद तथा रु १० हजार जरिवानाको मागसमेत गरिएको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार