बैंकक, १० जेठ । उत्तरी थाइल्याण्डमा अवस्थित एक विद्यालयको आवासीय भवनमा आगो लाग्दा त्यसमा रहेका १७ जना बालिकाको ज्यान गएको समाचार छ ।
सो विद्यालय कन्या विद्यालय हो । उक्त विद्यालयमा अध्ययन गर्ने बालिका बस्ने गरेको भवनमा आइतबार राति आगो लागेको थियो ।
त्यसमा परी १७ जनाको ज्यान जानुका साथै अरु पाँचजना जलेर घाइते भएका छन् । साथै आगो लागेर भवन भत्किँदा त्यसमा रहेका दुई जना बालिका अझै हराएको समाचारमा जनाइएको छ ।
उत्तरी थाइल्याण्डको जियाङ राइ भन्ने स्थानमा सो विद्यालय रहेको छ । सोमबार थाइल्याण्डको एक पत्रिकाले सो समाचार दिएको छ ।
आइतबार राति करिब ११ बजे उक्त भवनमा आगो लागेको थियो । आगोमा जलेर मृत्यु भएका बालिका १० देखि १२ वर्षसम्मका रहेका छन् ।
उक्त बोडिङ् स्कुलमा ३८ जना बालिका अध्ययनरत रहेका छन् । उनीहरु थाइल्याण्डको जियाङ माइ गाउँबाट अध्ययनका लागि यहाँ आएका हुन् । आगोको मुस्लो बढेपछि त्यहाँ रहेका बालिकालाई उद्वारकर्मीले पनि उद्वार गरी बाहिर ल्याउन सकेका थिएनन् ।
आगो लाग्नुको कारण थाहा हुन सकेको छैन । त्यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । तर प्रारम्भिक अनुसन्धानमा पाइएअनुसार विद्युतीय गडबडीका कारण राति अकस्मात आगो लागेको पाइएको छ ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?