बैंकक, १० जेठ । उत्तरी थाइल्याण्डमा अवस्थित एक विद्यालयको आवासीय भवनमा आगो लाग्दा त्यसमा रहेका १७ जना बालिकाको ज्यान गएको समाचार छ ।
सो विद्यालय कन्या विद्यालय हो । उक्त विद्यालयमा अध्ययन गर्ने बालिका बस्ने गरेको भवनमा आइतबार राति आगो लागेको थियो ।
त्यसमा परी १७ जनाको ज्यान जानुका साथै अरु पाँचजना जलेर घाइते भएका छन् । साथै आगो लागेर भवन भत्किँदा त्यसमा रहेका दुई जना बालिका अझै हराएको समाचारमा जनाइएको छ ।
उत्तरी थाइल्याण्डको जियाङ राइ भन्ने स्थानमा सो विद्यालय रहेको छ । सोमबार थाइल्याण्डको एक पत्रिकाले सो समाचार दिएको छ ।
आइतबार राति करिब ११ बजे उक्त भवनमा आगो लागेको थियो । आगोमा जलेर मृत्यु भएका बालिका १० देखि १२ वर्षसम्मका रहेका छन् ।
उक्त बोडिङ् स्कुलमा ३८ जना बालिका अध्ययनरत रहेका छन् । उनीहरु थाइल्याण्डको जियाङ माइ गाउँबाट अध्ययनका लागि यहाँ आएका हुन् । आगोको मुस्लो बढेपछि त्यहाँ रहेका बालिकालाई उद्वारकर्मीले पनि उद्वार गरी बाहिर ल्याउन सकेका थिएनन् ।
आगो लाग्नुको कारण थाहा हुन सकेको छैन । त्यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । तर प्रारम्भिक अनुसन्धानमा पाइएअनुसार विद्युतीय गडबडीका कारण राति अकस्मात आगो लागेको पाइएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते