
एमाओवादीसहित १० वटा माओवादीहरुबीच भएको एकतापछिको नयाँ पार्टी नेकपा माओवादी केन्द्रको घोषणापछि नारा लगाउँदै नेताहरु । तस्बिर ः प्रदीपराज वन्त,रासस
काठमाडौँ, ९ जेठ । पार्टी एकीकरणपछि आज बसेको नेकपा माओवादी केन्द्रको पहिलो बैठकले पार्टी नेतृत्वलाई बहुपदीय प्रणालीमा लैजाने विकल्प अघि सारेको छ ।
पुरानो बानेश्वरस्थित अनुपमा पार्टी प्यालेसमा बसेको केन्द्रीय समतिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी सञ्चालन, कार्यविभाजनलगायत एजेण्डा प्रस्तुत गर्दै पार्टीलाई बहुपदीय प्रणालीमा लैजाने बताउनुभएको थियो ।
बैठकमा अध्यक्ष दाहालले पार्टीको साङ्गठनिक प्रस्ताव प्रस्तुत गर्नुभएको नेता लोकेन्द्र विष्ट मगरले राससलाई जानकारी दिनुभयो । “पार्टीलाई बहुपदीय बनाउने वा एकपदीय बनाउने भन्नेबारे अध्यक्षले आज एजेण्डा प्रस्तुत गर्नुभयो र त्यसउपर कुनै छलफल भएन सम्भवतः बहुपदीयमा जाने गरी भोलिको बैठकले निर्णय गर्छ,”–उहाँले भन्नुभयो ।
विभिन्न समूहमा विभाजित माओवादी मिलेर गठन भएको माओवादी केन्द्रमा ६९९ सदस्यीय केन्द्रीय समिति रहेको छ । अध्यक्ष दाहालले प्रस्तुत गरेको साङ्गठनिक प्रस्तावबमोजिम पदीय बाँडफाँड कसरी गर्ने भन्नेबारे नेताले आवश्यक तयारीका साथ भोलिको बैठकमा प्रस्तुत हुने बताइएको छ ।
माओवादी केन्द्रले कार्यविभाजन, तत्काल गरिनुपर्ने कार्यक्रमलगायतबारे निर्णय गर्नेछ । केन्द्रीय समितिको अर्को बैठक सोमबार अपराह्न १ बजे पुनः बस्नेछ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते