
एमाओवादीसहित १० वटा माओवादीहरुबीच भएको एकतापछिको नयाँ पार्टी नेकपा माओवादी केन्द्रको घोषणापछि नारा लगाउँदै नेताहरु । तस्बिर ः प्रदीपराज वन्त,रासस
काठमाडौँ, ९ जेठ । पार्टी एकीकरणपछि आज बसेको नेकपा माओवादी केन्द्रको पहिलो बैठकले पार्टी नेतृत्वलाई बहुपदीय प्रणालीमा लैजाने विकल्प अघि सारेको छ ।
पुरानो बानेश्वरस्थित अनुपमा पार्टी प्यालेसमा बसेको केन्द्रीय समतिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी सञ्चालन, कार्यविभाजनलगायत एजेण्डा प्रस्तुत गर्दै पार्टीलाई बहुपदीय प्रणालीमा लैजाने बताउनुभएको थियो ।
बैठकमा अध्यक्ष दाहालले पार्टीको साङ्गठनिक प्रस्ताव प्रस्तुत गर्नुभएको नेता लोकेन्द्र विष्ट मगरले राससलाई जानकारी दिनुभयो । “पार्टीलाई बहुपदीय बनाउने वा एकपदीय बनाउने भन्नेबारे अध्यक्षले आज एजेण्डा प्रस्तुत गर्नुभयो र त्यसउपर कुनै छलफल भएन सम्भवतः बहुपदीयमा जाने गरी भोलिको बैठकले निर्णय गर्छ,”–उहाँले भन्नुभयो ।
विभिन्न समूहमा विभाजित माओवादी मिलेर गठन भएको माओवादी केन्द्रमा ६९९ सदस्यीय केन्द्रीय समिति रहेको छ । अध्यक्ष दाहालले प्रस्तुत गरेको साङ्गठनिक प्रस्तावबमोजिम पदीय बाँडफाँड कसरी गर्ने भन्नेबारे नेताले आवश्यक तयारीका साथ भोलिको बैठकमा प्रस्तुत हुने बताइएको छ ।
माओवादी केन्द्रले कार्यविभाजन, तत्काल गरिनुपर्ने कार्यक्रमलगायतबारे निर्णय गर्नेछ । केन्द्रीय समितिको अर्को बैठक सोमबार अपराह्न १ बजे पुनः बस्नेछ ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?