
प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार राजधानीमा आयोजित २५६०औँ बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुँदै । साथमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेललगायत अतिथिहरु । तस्बिर ः रोशन सापकोटा, रासस
लुम्बिनी (रुपन्देही), ८ जेठ । बुद्ध जयन्तीको अवसर पारेर सरकारले काठमाडौँमा जेठ ६ र ७ गते अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीले तय गरेको १० बुँदे काठमाडौँ लुम्बिनी घोषणापत्र आज यहाँ सार्वजनिक गरिएको छ ।
घोषणापत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले यहाँ २५६०औँ बुद्ध जयन्ती समारोहमा सार्वजनिक गर्नुभयो । ५० हजारभन्दा बढी स्वदेशी विदेशी पाहुना सहभागी भएको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोखरेलले विश्वका २८ मुलुकका बौद्धमार्गी, बुद्धिजीवी र भिक्षुहरु सहभागी भएको सम्मेलनमा १० बुँदे घोषणापत्र जारी गर्नुभएको हो ।
बौद्ध गोष्ठीमा सहभागीहरुले १० बुँदामध्ये एउटामा नेपाल बुद्ध जन्मेको देशमात्र नभई बुद्ध धर्मको उद्गम स्थल र बुद्धको कर्मथलो भएको स्वीकार गरेका छन् ।
यो बुँदा पारित हुनु नेपाल र नेपालीका लागि सबैभन्दा उपलब्धिमूलक रहेको मन्त्री पोखरेलले उल्लेख गर्नुभयोे ।
घोषणापत्रको दोस्रो बुँदामा बुद्ध धर्म एसियाको मात्र ज्योति होइन, समग्र विश्वकै ज्योति हो, विश्व शान्तिको प्रस्थान बिन्दु नेपाल हो भन्ने कुरा पनि उल्लेख गरिएको छ ।
यसैगरी, बुद्धत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचार प्रसार गर्ने पनि घोषणापत्रमा उल्लेख छ । लुम्बिनी विकासको गुरुयोजना बनाउने र लुम्बिनी, तिलौराकोट, देवदह तथा रामग्रामलाई बराबरी विकास गर्ने पनि सहमति भएको छ ।
लुम्बिनी विश्वविद्यालयलाई सेन्टर अफ एक्सेलेन्स बनाउने १० बुँदेमा घोषणा भएको छ । त्यसैगरी, बुद्धले बुद्धत्व प्राप्त गरेको भारतको बोधगया, ज्ञान बाँडेको भारतकै सारनाथ र बुद्धले मृत्युवरण गरेको भारतकै कुशीनगरको पनि बराबरी विकास गर्ने घोषणापत्रमा उल्लेख छ ।
त्यसैगरी, घोषणापत्रमा ग्लोबल बुद्धिष्ट फोरम गठन गर्ने कुरा पनि उल्लेख गरिएको छ । यसको उद्देश्य विश्वभर शान्ति र भाइचाराको विकास गर्ने, मानवीय शान्ति, जनावरको अधिकारलगायतका काम गर्ने घोषणापत्रमा भनिएको छ । बौद्ध गोष्ठी तथा बुद्ध जयन्ती समारोहमा २८ राष्ट्रका ३८५ जना विद्वान् तथा भिक्षु, भिक्षुणीलगायतको सहभागिता रहेको थियो ।
गोष्ठीमा नेपालसहित भारत, बङ्गलादेश, अस्ट्रेलिया, भुटान, कम्बोडिया, चीन, जर्मनी जापान, लिथुआनिया, मलेसिया, मङ्गोलिया, कतार, रोमानिया, दक्षीण कोरिया, श्रीलङ्का, स्विट्जरल्यान्ड, थाइल्यान्ड, टर्की, बेलायत, अमेरिका, भियतनामका विद्वान् र भिक्षुहरु सहभागी थिए ।
गोष्ठीमा भारतबाट नौजनाको टोली आएको थियो भने चीनबाट ३०१ जना, कोरियाबाट नौ जना, थाइल्यान्डबाट १४ जना, अमेरिकाबाट सातजना गोष्ठीमा भाग लिन आएका थिए । बुद्ध जयन्तीको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो ।
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा