
बुद्ध जयन्तीको अवसरमा कीर्तिपुरको श्रीकीर्ति बिहारमा बुद्ध भगवानको दर्शन गर्दै भक्तजन । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, ८ जेठ । भगवान् बुद्धका वचन मानवजीवनका लागि मार्ग निर्देशक सिद्धान्त बन्न सक्नेमा बौद्ध धर्मगुरुहरुले जोड दिनुभएको छ ।
२५६० औँ बुद्धजयन्तीको अवसरमा आज बौद्धनाथ क्षेत्र विकास समितिले आयोजना गरेको ‘मानव जीवनमा बुद्ध वचनको महत्व’ विषयक प्रवचन कार्यक्रममा धर्म गुरुहरुले यस विषयमा जोड दिनुभयो ।
खेन्पो जोर्देन, लोबोन बाबा सम्ज्योर, खेन्पो फुङ्छोक दोर्जे लामा, दोर्जे लोबोन केल्साङ र साङदेन रिन्पोछेले अन्य जीवको भन्दा मानवजीवनको महत्व बढी भएकाले जीवन यात्रालाई सही रुपमा अगाडि डो¥याउन बुद्ध वचनलाई पालना गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमा समितिले प्रकाशन गरेको पुस्तक बौद्ध महाचैत्य (द ग्रेट बौद्ध स्तुप) को विमोचन गरियो । पुस्तकको लेखन विनोद कार्की र सविन श्रेष्ठले गर्नुभएको होे । पुस्तकका बारेमा मन्तव्य राख्दै लेखक कार्कीले बौद्ध स्तुपको बारेमा ज्ञान लिन चाहने विदेशी पर्यटकका लागि आवश्यक सूचना सङ्कलन गरिएको सुनाउनुभयो ।
यसअघि आज बिहान बुद्धको मूर्ति र अस्थिधातु सहितको ¥यालीले बौद्ध क्षेत्र परिक्रमा गरेको थियो । अस्थिधातुलाई अहिले बौद्धको गुरु ल्हाखाङ गुम्बामा प्रदर्शनमा राखिएको छ । गुम्बामा आज बेलुकीसम्म अस्थिधातु प्रदर्शनमा राखिने बौद्ध घ्याङ गुठीका सचिव किरणकुमार लामाले जानकारी दिनुभयो । अस्थिधातुलाई बुद्धजयन्तीका दिनमा मात्र सर्वसाधारणका लागि प्रदर्शनमा राख्ने गरिएको छ ।
कार्यक्रममा समितिका अध्यक्ष सम्पूर्णकुमार लामा, कार्यकारी निर्देशक फबुयाङ्जी लामालगायतका वक्ताले बुद्ध वचनलाई दैनिक जीवनमा उतार्न आग्रह गर्नुभयो ।
बेलुकी बौद्ध क्षेत्रमा सांस्कृतिक झाँकी, वेशभूषा र बाजागाजासहित बुद्धमूर्तिको शोभायात्रा निकालिने समितिले जनाएको छ ।
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा