
नवलपरासी, ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी केही समयअघि लुम्बिनी आइपुग्नुभएको छ । हेलिकप्टरबाट अपरान्ह १२ बजेतिर लुम्बिनी आइपुग्नुभएका राष्ट्रपति भण्डारीले लुम्बिनीमा केहीबेर पूजाअर्चना गर्ने कार्यक्रम छ ।
पूजाअर्चनापछि दिउँसो कपिलवस्तुको तिलौराकोट र नवलपरासीको रामग्राम स्तुपक्षेत्रको अवलोकनका लागि त्यसतर्फ जनुहुनेछ ।
२५६० औँ बुद्ध जयन्तीको पूर्व सन्ध्यामा राष्ट्रपति भण्डारी बुद्धजन्मस्थल लुम्बिनीसहित बुद्धसँग सम्बन्धित स्थल कपिलवस्तुको तिलौराकोट र नवलपरासीको रामग्राम स्तुप क्षेत्रको अवलोकन गर्न आज यसतर्फ आउनुभएको हो ।
राष्ट्रपति भण्डारी नेपाली सेनाको बुटवलस्थित २२ नम्बर बाहिनीमा बस्ने कार्यक्रम रहेको बज्रदल गण नवलपरासीका सेनानी पूर्णप्रसाद ढकालले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीले शनिबार लुम्बिनीमा आयोजित २५६० औँ बुद्धजयन्ती मूल समारोहलाई उद्घाटन गर्नुहुनेछ ।
राष्ट्रपति भण्डारीले आज भगवान् गौतम वुद्धको जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजाआजा गर्नुभयो ।
उहाँले मन्दिर परिसरको अवलोकन गर्नुका साथै यहाँको अवस्थाबारे जानकारी लिनुभएको थियो । उक्त अवसरमा राष्ट्रपति भण्डारीलाई लुम्बिनी विकास कोषका सदस्यसचिव अजितमान तामाङ्ले बृहद लुम्बिनीको गुरुयोजनाबारे जानकारी गराउनुभएको थियो ।
एक हजार १५६ वर्ग माइल क्षेत्रफलमा फैलिएको लुम्बिनीको अवस्था अवलोकन गर्दै उहाँले यसको विकास तथा संरक्षणबारे चासो राख्नुभएको थियो । राष्ट्रपति भण्डारी अहिले कपिलवस्तुको तिलौराकोटतर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपति भोलि हुने बुद्ध जयन्ती समारोहमा भाग लिन लुम्बिनी आउनुभएको हो ।
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा