
धुन्चे (रसुवा), ६ जेठ । नेपाल–चीनबीचको उत्तरी नाका रसुवागढीताल रेल सेवामार्फत आएको सामग्री नेपाल भित्रने तयारी भइरहेको छ ।
काठमाडौँमा व्यवसायीले मगाएका विभिन्न प्रकारका व्यावसायिक सामान सिगात्सेसम्म रेल र केरुङ, पाङसाङसम्म ट्रकमा आइपुगेका छन् । नेपाल पठाउन आज अपराह्नदेखि नेपाली कन्टेनरमा लोड गर्ने कार्य सुरु भइसकेको चिनियाँ ढुवानी कम्पनी मुसा ट्रान्सपोर्टेसनले टेलिफोन मार्फत जनाएको छ । केरुङको पाङसाङबाट रसुवागढीसम्मको दूरी ३२ किमी छ ।
चिनियाँ ब्रान्डका तयारी कपडा, इलेक्ट्रिक सामान, जुत्ता, चप्पल, कम्बल, सिरक लगायत विभिन्न सामान ल्याइएको मुसा ट्रान्सपोर्टेसनका प्रबन्ध निर्देशक ज्याङसे पिङले जानकारी दिनुभयो । ती सामग्री शुक्रबार रसुवागढी भित्रने बताइएको छ ।
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा