
एमाओवादीसहित १० वटा माओवादीहरुबीच भएको एकतापछिको नयाँ पार्टी नेकपा माओवादी केन्द्रको घोषणापछि नारा लगाउँदै नेताहरु । तस्बिर ः प्रदीपराज वन्त,रासस
काठमाडौँ, ६ जेठ । विभिन्न घटकमा विभक्त दस माओवादीको एकतापछि पार्टीको नाम नेकपा माओवादी केन्द्र राखिएको छ ।
यहाँ आज आयोजित घोषणासभामार्फत एकीकृत नेकपा(माओवादी), नेकपा (क्रान्तिकारी माओवादी) नेकपा(माओवादी), क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेकपा माओवादी विद्रोही समूह, नयाँ शक्ति नेपाललगायते नयाँ नामलाई अनुमोदन गरेका हुन् ।
घोषणासभामा एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले विभिन्न समुहमा विभाजित सबै माओवादी घटकबीच एकता भई नयाँ क्रान्तिकारी पार्टी नेकपा माओवादी केन्द्रको जन्म भएको घोषणा गर्नुभयो ।
घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नयाँ आधारमा निर्माण भएको पार्टीले नेपालको कम्युनिस्ट आन्दोलनलाई विजयको शिखरमा पु¥याउने र नेपाली जनताको सपना र चाहनालाई पूरा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “शान्ति प्रक्रियाको सुरुवातसँगै पार्टीमा देखिएको टुट फुटबाट पाठ सिकेर क्रान्तिकारी माओवादी एकै ठाउँमा आएका छौँ । यसले नेपाली जनतामा नयाँ उभार पैदा गर्नेछ भने क्रान्तिको बाँकी कार्यभारलाई पूरा गर्नेछ ।”
पार्टी टुट फुटमा हराउँदा सहिद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते र अपाङ्ग भएका क्रान्तिकारी योद्धाले सोध्ने प्रश्नको उत्तर आफूहरुसँग नरहेको भन्दै उहाँले आगामी दिनमा ती वर्ग तथा क्षेत्र मात्रै नेपाली जनतालाई नयाँस्तरमा नेतृत्व गर्नसमेत आफूहरु सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले माओवादी क्रान्तिकारीको विजयको दिन सुरु भएको भन्दै आगामी एकाध महिनामै आफूहरुको पक्षमा देशव्यापी चमत्कार ल्याउने उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “टुट फुटबाट निराश भएका नेता तथा कार्यकर्तामा आजको एकताले नयाँ चमत्कार ल्याउनेछ, सुस्ताएकाहरु उठ्नेछन् र जनताको पक्षमा देशव्यापी माहोल सिर्जना हुनेछ ।”
माओवादी कमजोर हुँदा जनपक्षीय ‘एजेण्डा’ कमजोर बनेको उल्लेख गर्दै उहाँले सबै माओवादी एक ठाउँमा उभिएपछि जनताका विरुद्ध षड्यन्त्र गर्नेसमेत हच्किने बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “माओवादीका पराजयका दिन सकिए, अब विजयको दिन सुरु भएको छ । अब कोही पनि निराश हुनुपर्ने छैन ।” उहाँले देशव्यापी रुपमा सङ्गठन निर्माण र सुदृढीकरणमा लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।
उहाँले गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीतालगायत परिवर्तनका एजेण्डामाथि उठेको प्रश्नको उत्तरसमेत दिन सकिने अवस्थामा पुगिएको भन्दै माओवादीलाई कमजोर पारेर, अपमानित गर्ने प्रवृत्तिको पराजय र जनताको विजयका दिन प्रारम्भ भएको बताउनुभयो । माओवादीको मात्रै एकता नभई सच्चा क्रान्तिकारी कम्युनिस्ट र राष्ट्रिय एकता पनि भएको स्पष्ट पार्दै अध्यक्ष दाहालले विस्तृत शान्ति सम्झौताअनुसार सत्य निरुपण तथा बेपत्ता नागरिक खोजबिन आयोगको काम पनि सकारात्मक रुपमा अगाडि बढ्ने विश्वास पैदा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “माओवादी क्रान्तिकारीलाई कमजोर पारेर कोही कसैले राजतन्त्र फर्काउने सपना देखेको भए पनि त्यो सपना आजैबाट चकनाचूर भएको छ ।”
जनताको एजेण्डालाई सम्बोधन गर्न सदन, सडक र सरकारबाट सङ्घर्ष गर्ने उल्लेख गर्दै उहाँले शान्ति प्रक्रियाको सुरुवातको चरणमा रहँदाका दिनको जस्तै पार्टीलाई गतिशील र जीवन्त बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
माओवादी एकताले राष्ट्रिय एकता बलियो भएको बताउँदै अध्यक्ष दाहालले संविधान कार्यान्वयनलाई प्राथमिकतामा राखेर बाँकी उपलब्धिका लागि सङ्घर्ष गर्दै जाने स्पष्ट पार्नुभयो ।
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा