
प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार राजधानीमा आयोजित २५६०औँ बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुँदै । साथमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेललगायत अतिथिहरु । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिका प्रवर्तक शाक्यमुनि गौतमबुद्धको जन्मस्थल नेपालको लुम्बिनी विश्व शान्तिको केन्द्र भएको बताउनुभएको छ ।
२५६०औँ बुद्ध जयन्तीका अवसरमा यहाँ भइरहेको अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीको आज उद्घाटन गर्दै उहाँले बुद्ध भूमि र बुद्धको उद्गम थलोमा आफू रहन पाउँदा गौरवको अनुभूति भएको बताउनुभयो । बुद्धदर्शन विश्व मानव जातिका लागि उपयोगी दर्शन भएको पनि उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो – “भगवान् गौतमबुद्ध एसियाको ज्योति मात्र नभएर समग्र विश्वको ज्योति हो । बुद्धले दर्शन शान्ति स्थापनाको बलियो आधार हो ।”
उहाँले बुद्धको शिक्षाले सामाजिक सद्भाव, सहिष्णुता, क्षमादान र निस्वार्थपनलाई विकास गर्न सहयोग पुरयाउने हुँदा यसले मानव समुदायलाई सत्य र अहिंसाको मार्गमा हिँड्न अभिपे्ररित गर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले बुद्धले प्रतिपादन गरेको बुद्ध दर्शन तथा साहित्य विश्व मानव कल्याणका लागि महत्वपूर्ण रहेको र यसले मानव सभ्यता र संस्कृतिलाई धनी बनाएको उल्लेख गर्नुभयो ।
लुम्बिनी क्षेत्र धार्मिक तीर्थस्थलका रुपमा विकास हुँदै गएको र यसलाई पर्यटकीय आकर्षणको केन्द्रका रुपमा विकास गर्न सरकारले बृहत् लुम्बिनी विकास योजनालाई कार्यान्वयनमा लाने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले गोष्ठीमा विशिष्ट बौद्ध गुरु तथा बौद्ध विद्वान्ले प्रस्तुत गर्नेे कार्यपत्रबाट गौतमबुद्धका विषयमा भएका विभिन्न भ्रम हटाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपालमा जनप्रतिनिधिले जारी गरेको संविधान कार्यान्वयनमा लगी मुलुकलाई विकास र समृद्धितर्फ अगाडि बढाइने उहाँको भनाइ थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल शाक्यमुनि गौतमबुद्धले बुद्धत्व प्राप्त गरेकै कारण २९ वर्षको युवावस्थामा श्रीपेच, दरबार र सुन्दर परिवार त्याग गर्न सफल भएको उल्लेख गर्दै लुम्बिनी क्षेत्र गौतमबुद्धको जन्मभूमि मात्र नभएर बुद्धदर्शनको उद्गम स्थान भएको बताउनुभयो ।
सरकारले संविधान जारी गरेपछि पहिलो पटक ऐतिहासिक रुपमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीको आयोजना गरेको बताउँदै उहाँले यसले नेपालबाट विश्व शान्तिको सन्देश जाने विश्वास व्यक्त गर्नुभयो ।
‘लुम्बिनी, नेपाल ः भगवान् बुद्धको जन्मस्थान र बौद्ध दर्शनको उद्गम भूमि’ भन्ने मूल नाराका साथ सुरु भएको गोष्ठीमा सहभागी राष्ट्रका प्रतिनिधिहरुले बौद्ध दर्शनका विभिन्न सम्प्रदाय तथा अभ्यासका बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले शान्ति पाठ गरेर गोष्ठीको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा थेरवाद, महायान र बज्रयान तीन सम्प्रदायका धर्म गुरुहरु उपस्थित हुनुहुन्थ्यो । समारोहमा गायिका आनी छोइङ डोल्माले बुद्ध दर्शनसँग सम्बन्धित गीत गीत प्रस्तुत गर्नुभएको थियो ।
शुक्रबारसम्म जारी रहने गोष्ठीमा बौद्ध दर्शनसँग सम्बन्धित २४ वटा कार्यपत्र प्रस्तुत हुँदैछ ।
गोष्ठीमा विभिन्न २८ देशका सरकारी प्रतिनिधि, प्रतिष्ठित धर्मगुरु, भिक्षु तथा भिक्षुणी र बौद्ध दर्शनका ज्ञाता तथा विद्वान्को सहभागिता रहनेछ । गोष्ठीमा भाग लिने पाहुनाको आउनेक्रम जारी छ ।
लुम्बिनीमा आयोजना हुने बुद्ध जयन्ती समारोहको जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुनेछ भने सोही समारोहमा मूल गोष्ठीबाट निस्केको निष्कर्षसहितको घोषणापत्र बुद्ध जयन्ती समारोहस्थल लुम्बिनीमा जारी गरिने छ ।
मन्त्रिपरिषद्को गत माघ २० गतेको निर्णयअनुसार गोष्ठी आयोजनाका लागि प्रधानमन्त्रीको अध्यक्षतामा ५०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । सम्मेलनको मूल आयोजकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रहेको छ । मन्त्री आनन्दप्रसाद पोखरेलको अध्यक्षतामा १०१ सदस्यीय कार्यसमिति र विषयगत १३ उपसमितिहरु गठन गरिएको छ ।
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन