
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेल पच्चीस सय ६०औं बुद्धजयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने सन्दर्भमा बुधबार काठमाडौँमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सहभागी हुँदै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, ५ जेठ । २५६० औँ बुद्ध जयन्तीका अवसरमा बिहीबारदेखि सुरु हुने अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीको तयारी पूरा भएको छ ।
सम्मेलन मूल आयोजक समारोह समितिले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी काठमाडौँमा र बुद्ध जयन्ती समारोह लुम्बिनीमा हुनेछ । गोष्ठीको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ भने बुद्ध जयन्ती समारोहको लुम्बिनीमा ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुनेछ ।
गोष्ठीमा विभिन्न २८ देशका सरकारी प्रतिनिधि, प्रतिष्ठित धर्मगुरु, भिक्षु तथा भिक्षुणी र बौद्ध दर्शनका ज्ञाता तथा विद्वानको सहभागिता रहनेछ । गोष्ठीमा भाग लिने पाहुनाको आउनेक्रम जारी छ ।
‘लुम्बिनी, नेपाल ः भगवान् बुद्धको जन्मस्थान र बौद्ध दर्शनको उद्गम भूमि’ भन्ने मूल नाराका साथ मनाउन लागिएको गोष्ठीमा बौद्ध दर्शनसँग सम्बन्धित १८ विदेशी र छ नेपाली गरी २८ विद्वानले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।
मूल गोष्ठीमा निस्किएको निष्कर्षको बुद्ध जयन्ती समारोह स्थल लुम्बिनीमा घोषणापत्र जारी गरिने छ जसमा अन्तर्राष्ट्रियस्तरको संयन्त्र निर्माणसहित कार्ययोजना रहने छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले गोष्ठीले भगवान् बुद्धको जन्मथलो नेपाललाई विश्व शान्तिको केन्द्रका रुपमा स्थापित गरी नेपाललाई बौद्ध दर्शनको प्राज्ञिक केन्द्रका रुपमा विकास गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले गोष्ठीले लुम्बिनीका अतिरिक्त अन्य बौद्ध केन्द्र तिरौलाकोट, देवदह, रामग्रामको समेत प्रचारप्रसार र विकासका लागि आधार निर्माण गर्ने र आन्तरिक बुद्ध परिक्रमा पथ निर्माणमा मद्दत पुरयाउने विचार व्यक्त गर्नुभयो ।
यसैबीच, २५६०औँ बुद्ध जयन्तीका अवसरमा विश्वशान्तिको कामना गर्दै ‘शान्तिका लागि साइकल यात्रा’ अभियानले आज साइकल यात्रा सुरु गरेको छ ।
मन्त्री पोखरेलले सो साइकल यात्राको स्वयम्भूबाट साइकल चढेर यात्राको शुभारम्भ गर्नुभयो ।
विश्व साइकल यात्री पुष्कर शाहसहित करिब २६० साइकल यात्री स्वयम्भू परिक्रमा गरी लुम्बिनी प्रस्थान गरेको छ । विदेशबाट आउनुभएका अतिथिलाई पनि साइकल चढाएर प्रदूषणरहित लुम्बिनी बनाउने अभियानमा सहभागी गराइने भएको छ ।
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती