
सोेल, ३ जेठ । अमेरिका, जापान र दक्षिण कोरियाले उत्तर कोरियाको आणविक हतियारको चेतावनीलाई सामना गर्ने उद्देश्यकासाथ आगामी महिनादेखि दक्षिण कोरियामा संयुक्त रुपमा पहिलो पटक क्षेप्यास्त्र विरोधी अभ्यास थाल्ने सोलका अधिकारीले सोमबार बताएका छन् ।
सोलको रक्षा मन्त्रालय स्रोतका अनुसार अमेरिकी नेतृत्वको सेनाले प्रशान्त महासागरको किनारास्थित हवाईमा गर्दै आएको सामुद्रिक सुरक्षा अभ्यासक्षेत्र नजीकै पानीभित्र जुन २८ मा गरिने उक्त अभ्यासमा उत्तरले गर्नसक्ने सम्भावित क्षेप्यास्त्रहरूलाई पत्ता लगाउन तालिम दिइने छ । तर क्षेप्यास्त्र रोक्ने अभ्यास भने नगरिने, दक्षिण कोरियाले बताएको छ ।
सैन्य अभ्यासमा अमेरिकाले क्षेप्यास्त्रसहितको विमानलाई सामुद्रिक इलाकामा उडाएको अभिनय गर्ने छ ।
तालिममा सहभागी सेनाले त्यसलाई पत्ता लगाउने र निगरानी राख्ने अभ्यास गर्नेछन् , दक्षिण कोरियाली समाचार संस्था योन्यापले बतायो ।
तीन देशबीच गरिन लागेको अभ्यासबारे अमेरिका, जापान र दक्षिण कोरियाको त्रिपक्षीय सैन्य बैठकका क्रममा प्रस्ताव गरिएको अधिकारीले बताए ।
प्योङयाङले एक महिना पहिले गरेको चौंथो क्षेप्यास्त्र परिक्षण र केही गोप्य रुपमा गरिएका भनिएका हतियार परिक्षणपछि गरिएको एउटा रकेट प्रक्षेपणपछि संयुक्त राष्ट्रसंघ लगायत विश्व समुदायले उत्तरका लगातारका हतियार परिक्षणप्रति चासो ब्यक्त गरेको छ ।
यस विरुद्ध कडा कदम चालिनुपर्ने विश्व समुदायले दवाव दिएपछि अहिले प्योङयाङविरुद्ध आर्थिक नाकावन्दी लगाइएको छ ।
वर्तमान संयुक्त राष्ट्रसंघको संकल्प प्रस्तावले प्योङयाङलाई क्षेप्यास्त्र सम्बन्धि प्रविधिको प्रयोग गर्न निषेध गरेको छ ।
तर प्योङयाङले भने उक्त प्रावधानको बर्खिलापमा गएको अप्रिलमा छोटो तथा लामो दुरीका केही सफल तथा केही असफल परिक्षणहरू गरेको थियो ।
उत्तर कोरियाले आणबिक प्रबिधिमा केही उल्लेख्य उपलब्धि हाँसिल गर्न सफल भएको भन्दै आफू अमेरिकी भूमिमा आक्रमण गर्न सक्षम रहेको दावी गर्दैै आएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते