
भक्तपुर, ४ जेठ । ठिमीस्थित मध्यपुर अस्पतालमा जिल्लामै पहिलो पटक बोन म्यारो(अस्थि मज्जा)को उपचार सेवा सुरु भएको छ ।
अस्पतालले आज आयोजना गरेको कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले एकैसाथ अस्थि मज्जा, मुटु रोग र मिर्गौला उपचार सेवा सुरु गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “यस अस्पतालले जिल्लामै पहिलो पटक बोन म्यारोको उपचार सेवा सुरु गरेको छ, अब बोन म्यारोको परीक्षण एवम् उपचार गर्न अन्यत्र जानु पर्दैन ।”
बोन म्यारो उपचारका लागि अस्पतालका मेडिकल डाइरेक्टर एवम् हाडजोर्नी विशेषज्ञ डा रामकृष्ण श्रेष्ठ, डा शिक्षाप्रकाश श्रेष्ठ सहितको टोलीले २४सै घन्टा सेवा दिने छ । त्यसैगरी अस्पतालले आजैदेखि मुटुरोग सेवा समेत सुरु गरेको छ । चार मुटुरोग विशेषज्ञको टोलीद्वारा बिहान ७ देखि साँझ ७ बजेसम्म सेवा दिइने छ ।
मुटुरोगको शल्यक्रियाभन्दा अगाडि मुटुको चाल लगायत मुटुसम्बन्धी रोगको उपचार सेवा सुरु गरिएको छ । त्यसैगरी अस्पतालले मिर्गौला रोगको समेत उपचार सेवा सुरु गरेको छ । एक विशेषज्ञ सहितको टोलीले सो सेवा दिनेछ ।
मानिसको जीवनको नं १२०÷८०
मुटुरोग विशेषज्ञ डा सुमन्त बञ्जाडेले मानिसको जीवनको नं १२०÷८० भएको बताउनुभएको छ । विश्व उच्च रक्तचाप दिवसका अवसरमा आज मध्यपुर अस्पतालले जिल्लाभरका एम्बुलेन्स चालक र सञ्चारकर्मीका लागि आयोजना गरेको कार्यक्रममा डा बञ्जाडेले उच्च रक्तचापलाई १२०÷८० मै कायम राख्नुपर्ने सल्लाह दिनुभयो ।
यो नं बढेर उच्च रक्तचाप सुरु भएमा विभिन्न रोगले आक्रमण गर्ने बताउँदै उहाँले उच्च रक्तचापलाई हेलचेक्य्राइँ गर्दा ज्यानै जाने खतरा औँल्याउनुभयो । मिर्गौला रोग विशेषज्ञ डा सञ्जीव आचार्यले रोग कसरी लाग्छ, यसको उपचारमा के के गर्नुपर्छ भन्नेबारेमा जानकारी दिनुभएको थियो ।
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा