
काठमाडौँ, ३ जेठ । यही जेठ ६ र ७ गते हुन लागेको अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी र जेठ ८ गते हुने २५६०औँ अन्तर्राष्ट्रिय बुद्धजयन्तीको कार्यक्रमबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपालस्थित कूटनीतिक नियोग पदाधिकारीलाई आज जानकारी गराउनुभएको छ ।
परराष्ट्र मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा पोखरेलले सिद्धार्थ गौतम बुद्धको जन्म विश्वशान्तिको कामना गर्दै बौद्ध दर्शनको उद्गमस्थल नेपाल भएको बताउनुभयो । अन्तर्राष्ट्रिय गोष्ठीले गौतमबुद्ध नेपालको लुम्बिनी र कपिलवस्तु बुद्ध दर्शनको उद्गम थलो भएको प्रमाण सहित बृहत् छलफल गरी आएको निष्कर्षका रुपमा घोषणापत्र लुम्बिनीमा जारी गरिने मन्त्री पोखरेलले बताउनुभयो ।
छलफलमा नेपालका लागि चीन, जापान, म्यान्मा, बङ्गलादेश, श्रीलङ्का लगायत देशका राजदूत उपस्थित हुनुहुन्थ्यो ।
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा