
संघीय गठबन्धद्वारा जारी सिंहदरबार घेराउ कार्यक्रममा सहभागी कार्यकर्ताहरु । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।
काठमाडौँ, ३ जेठ । संविधानका केही बँुदाप्रति असन्तुष्ट जनाउँदै आन्दोलनरत सङ्घीय गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रम आज दोस्रो दिन पनि जारी छ ।
आज बिहान १० बजेदेखि सिंहदरबारको हनुमानस्थान र माइतीघर मण्डलामा २९ दलीय सङ्घीय गठबन्धनमा आबद्ध दलका नेता कार्यकर्ताले नाराबाजी गर्दै सडक अवरुद्ध गरी धर्ना दिएका छन् ।
आन्दोलनकारी सडक अवरुद्ध गरी धर्नामा बस्दा सिंहदरबार क्षेत्रमा यातायात अस्तव्यस्त बनेको छ । यातायात अवरुद्धका कारण यात्रु पैदलै गन्तव्यमा जान बाध्य छन् । आन्दोलनकारीलाई निषेधित क्षेत्रमा प्रवेश गर्न नदिन बाक्लो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ छन् ।
धर्नामा बसेका आन्दोलनकारी ‘प्रतिगामी संविधान मान्दैनौँ’, ‘पहिचानसहितको सङ्घीयता छाड्दैनौँ’, ‘आन्दोलनकारीसँग गरिएका सम्झौता लागू गर’ लगायतका नारा लगाइरहेका छन् । सिंहदरबार घेराउ कार्यक्रम आज साँझ ५ बजेसम्म रहने गठबन्धनले जनाएको छ ।

सङ्घीय गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रमअन्तर्गत सोमबार अनामनगरमा धर्ना बसेका राजेन्द्र महतो लगायत गठबन्धनका शीर्ष नेताहरु । तस्बिर ः रोशन सापकोटा, रासस
माइतीघरमा प्रहरीसँग भएको सामान्य झडपमा परी आफ्ना तीन कार्यकर्ता घाइते भएको र उनीहरुको वीर अस्पताल ट्रमा सेन्टरमा उपचार भइरहेको गठबन्धनले जनाएको छ ।
सरकारले आन्दोलनकारीलाई आन्दोलन तथा विरोधका कार्यक्रम शान्तिपूर्ण रूपमा गर्न आग्रह गर्दै प्रचलित कानुन विपरीत क्रियाकलापमा संलग्न व्यक्ति र समूहलाई हदैसम्मको कारबाही हुने जनाएको छ ।
विसं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी संविधानमा व्यवस्था भएको प्रदेश सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै मधेस केन्द्रित दलहरु आन्दोलनरत छन् ।
सुरुमा नेपाल–भारत सिमानामा आन्दोलन गरेका मधेस केन्द्रित दलहरुले अत्यावश्यक वस्तुको आपूर्तिमा असहज भई जनताको दैनिकीमा कठिनाइ भएको गुनासो आएपछि सिंहदरबार केन्द्रित आन्दोलन गरेका हुन् । धर्नामा गठबन्धनका शीर्ष नेताहरु सहभागी हुनुहुन्छ ।
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा