काठमाडौँ, १ जेठ । काठमाडौँ महानगरपालिकामा कुहिने र नकुहिने गरी दैनिक ४५० टन फोहर उत्पादन हुने गरेको छ । दैनिक निस्कने फोहरमध्ये ६३ प्रतिशत जैविक हुने गरेको छ ।
कामपासँगै जोडिएका अन्य नगरपालिकासमेतलाई जोड्ने हो भने दैनिक झन्डै ७०० टनसम्म फोहर उत्पादन हुने गरेको छ । सिसटोल ल्यान्डफिल साइडमा दैनिक ६५० टन फोहर व्यवस्थापन हुँदै आएको कामपाका वातावरण महाशाखा प्रमुख गङ्गाधर गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार फोहरमैला व्यवस्थापन ऐन २०६८ ले नै फोहर व्यस्थापनका लागि कुहिने र नकुहिने फोहर उत्पादन हुने स्रोतबाट नै व्यवस्थापन गरिनुपर्छ । पछिल्लो समय कामपाले केही वडामा कुहिने र नकुहिने फोहरको व्यवस्थापन गर्ने कार्यलाई समेत अघि बढाएको छ ।
काठमाडौँको फोहर व्यवस्थापनका लागि दैनिक १०० वटा गाडी प्रयोग हुने गरेको छ । सिसटोलमा फोहर लानका लागि ठूला ट्रक २० वटा, त्यसैगरी ४० देखि ५० वटा गाडी दैनिकरुपमा कामपाको फोहर सङ्कलनका लागि प्रयोग हुने गरेको र अन्य केही सफाइ प्रयोजनका लागि पानीको ट्याङ्की प्रयोग हुने गरेको छ ।
यसैबीच कामपाले फोहरबाट बायोग्यास निकाल्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । वडा नम्बर २१, १२, १९ र २० छुट्याएको कुहिने र नकुहिने फोहरबाट दैनिक तीन टन फोहर प्रयोग गरी १४ किलोवाट बायोग्यास निकाल्ने तयारी महानगरको छ ।
बायोग्यास प्लान्ट राख्न युरोपियन युनियनको ८० र कामपाको २० प्रतिशत लगानी गर्ने सम्झौता भएको बताइएको छ । यो पहिलोे नमुना परियोजना हो ।
यो योजना सफल भएमा अन्य स्थानमा पनि यस कार्यलाई विस्तार गरिने कामपाले जनाएको छ । पछिल्लो समय फोहरको उचित व्यवस्थापन गरी सहरलाई फोहरबाट मुक्त गर्न लागिएको हो ।
दिगोरुपमा फोहरमैला व्यवस्थापनका लागि पनि विभिन्न किसिमको अध्यनन भइरहेको कामपाले जनाएको छ । सरकारले पनि फोहरमैलाको दिगो व्यवस्थापनका लागि एकीकृत सहरी फोहरमैला व्यवस्थापन परियोजनालाई स्वीकृत गरिसकेको छ ।
“प्रत्येक व्यक्ति वा संस्थाको आफ्नो वरिपरि रोपेको बोटबिरुवा र गमलाको संरक्षण गर्ने र फोहरको पनि व्यवस्थापन गर्र्नु अबको आवश्यकता हो,” प्रमुख गौतमले भन्नुभयो ।
युरोपियन युनियन र महानगरले संयुक्तरुपमा करिब रु दुई करोड लगानी गरी बिजुली निकालिने र सो बिजुली महानगरको कार्यालयमा प्रयोग गरिनेछ । महानगरले टेकुमा सङ्कलित फोहरबाट दैनिक ९६ केजी ग्यास, ३०० किलोग्राम जैविक मल र १३ हजार ५०० लिटर प्रशोधित पानी उत्पादन हुने जनाएको छ ।
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा