
काठमाडौँ, ३० वैशाख । भोलि शुक्रबार लगभग एउटै धारका दुई चलचित्र ‘के म तिम्रो होइन र’ तथा ‘विरानो माया’ प्रदर्शन हुँदैछन् ।
यी दुवै प्रेम कथामा आधारित चलचित्र हुन् र दुवैमा स्थापित कलाकार छैनन् । ‘के म तिम्रो होइन र’ यसअघिको सफल चलचित्र ‘कोहिनूर’का निर्देशक आकाश अधिकारीले निर्देशन गरेको चलचित्र हो । स्व श्रीकृष्ण श्रेष्ठले अभिनय गरेको उक्त अन्तिम चलचित्र ‘कोहिनूर’ले नेपाली चलचित्रमध्ये हालसम्मकै राम्रो व्यापार गरेको चर्चा छ । त्यसताका ‘कोहिनूर’ देशैभरि करिब ६५ हलमा प्रदर्शन भएको थियो भने ‘के म तिम्रो होइन र’ अझ बढेर ७५ भन्दा बढी हलमा प्रदर्शन हुने बताइएको छ ।
आर्यन अधिकारी र करिष्मा पोखरेलले नायक नायिकाको रुमी ‘डेब्यू’ गरेको यो चलचित्रमा दुवैले राम्रो चर्चा पाइसकेका छन् । चलचित्रमा सङ्गीत वसन्त सापकोटा र ताराप्रकाश लिम्बूले दिएका छन् र केही गीतले प्रदर्शनअघि नै चर्चा पाइसकेका छन् । सुरेश अधिकारीले निर्माण गरेको चलचित्रमा प्रज्वलसुजल गिरी, गौरी मल्ल, मिथिला शर्मा आदि कलाकारको पनि अभिनय देख्न सकिन्छ ।
हरेक कोणबाट राम्रो चलचित्र बनेको हुनाले ‘के म तिम्रो साथी होइन र’ले राम्रो व्यापार गर्ने आशा गरिएको वितरक करण श्रेष्ठले बताउनुभयो ।
त्यस्तै, माधव खरेलले निर्देशन गरेको चलचित्र ‘विरानो माया’मा पनि श्रीदेव भट्टराई, नम्रता सापकोटा, रोहित रुम्बा, दीपाशा विसी आदि स्थापित नभएका कलाकारले अभिनय गरेका छन् । मीलन लामा र सावित्री अधिकारीको लगानीमा निर्माण भएको चलचित्र ‘प्रेम कथा’लाई आधार बनाएर नेपाली मौलिक भाषा र संस्कृतिलाई कलात्मक रुपमा प्रस्तुत गरिएको निर्देशक खरेलले जानकारी दिनुभयो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते