
विराटनगर, २९ वैशाख । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपन्द्र यादवले सङ्घीय गठबन्धन अब वार्ताको पक्षमा नरहेको र आन्दोलनको तयारीमा जुटेको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उहाँले ३६ पटक वार्ता भए पनि सरकार एक कदम पनि अगाडि नबढ्ने भएकाले अब वार्तामा नबस्ने, अधिकार प्राप्तिका लागि आन्दोलनको निरन्तरता दिने बताउनुभयो ।
आन्दोलनको स्वरुप परिवर्तन गरिएको उल्लेख गर्दै उहाँले जेठ २ गतेदेखि सिहदरबार घेराउ गर्ने, यदि सरकार दमनको बाटो अख्तियार गरयो भने जनताले प्रतिकार गर्ने स्पष्ट पार्नुभयो ।
सङ्घीयताको टुङ्गो नलगाई स्थानीय निकायको निर्वाचन गराउनु भनेको सङ्घीयतालाई समाप्त पार्ने कार्य हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “स्थानीय निकायको पुनःसंरचना हुनुपर्ने, संविधानको पुनःलेखन र स्थानीय निकायको निर्वाचन गराउने अधिकार प्रादेशिक सरकारको हो, केन्द्रीय सरकारले गर्न मिल्दैन् ।”
उहाँले सङ्घीय गठबन्धन सरकार बनाउने खेलमा नरहेको जानकारी गराउँदै मधेसी, आदिवासी जनजाति, महिला, दलितलगायतको अधिकारका लागि सङ्घर्षमा लाग्ने बताउनुभयो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते