इवलिन (आयरल्यान्ड), २४ वैशाख । आयरल्यान्डाको संसदले एन्डा केन्नीलाई शुक्रबार यहाँको प्रधानमन्त्रीमा पुनः एक पटक निर्वाचित गरेको छ ।
प्रधानमन्त्रीको निर्वाचनमा केन्नीको पक्षमा ५९ मत परेको थियो भने विपक्षमा ४९ परेको थियो ।
प्रधानमन्त्री निर्वाचनको चौँथो प्रयासमा केन्नीले स्वतन्त्र तथा मुख्य प्रतिपक्षी फियन्ना फेल पार्टीको समर्थनमा निर्वाचित हुनुभएको हो ।
निर्वाचित भएपछि बोल्नु हुँदै आयरल्यान्डका प्रधानमन्त्री केन्नीले भन्नुभयो, मेरो सरकारले गर्नुपर्ने काम धेरै छन् किनकी मुलुक विभिन्न खालका चुनौतीका सामु उभिएको छ ।
निर्वाचनका बेला आयरल्यान्डका जनताले मलाई पटकपटक मुलुकको उन्नतिका लागि अग्रसर हुन गर्नुभएको सन्देश मेरा आगामी दिनका इमान्दार प्रयास रहने छन् ।
फेब्रुअरीमा सम्पन्न १५८ सिट भएको डायल (संसद) मा फाइन गायल ५० सिटमा निर्वाचित भएको थियो । त्यस्तै फिएन्ना फेलले ४४ स्थान ओगट्न सफल भएको थियो ।