तीन पत्रकारलाई वरिष्ठताको सम्मान

राष्टिय पत्रकारिता पुरस्कार“२०७२ बाट पुरस्कृत किशोर श्रेष्ठ, वरिष्ठ पत्रकार सम्मान २०७२ बाट सम्मानित डा सुरेश आचार्य, शिव गाउँले र ओम शर्मासँग राष्टपति विद्यादेवी भण्डारी । तस्बिर ः रत्न श्रेष्ठ, रासस

राष्टिय पत्रकारिता पुरस्कार“२०७२ बाट पुरस्कृत किशोर श्रेष्ठ, वरिष्ठ पत्रकार सम्मान २०७२ बाट सम्मानित डा सुरेश आचार्य, शिव गाउँले र ओम शर्मासँग राष्टपति विद्यादेवी भण्डारी । तस्बिर ः रत्न श्रेष्ठ, रासस

काठमाडौँ, २४ वैशाख । सरकारले नेपाल पत्रकार महासङ्घका दुई पूर्वसभापति र एक पूर्वमहासचिवलाई आज वरिष्ठ पत्रकार सम्मान दिएको छ । ‘वरिष्ठ पत्रकार सम्मान–२०७२’ पाउनेमा महासङ्घका पूर्वसभापतिद्वय डा सुरेश आचार्य र शिव गाउँले र तथा महासङ्घका पूर्व महासचिव ओम शर्मा हुनुहुन्छ ।
त्यस्तै ‘राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७२’ ‘जनआस्था’का सम्पादक किशोर श्रेष्ठलाई प्रदान गरिएको छ । ती सम्मानका साथ जनही रु दुई लाख छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज यहाँ आयोजित कार्यक्रममा सो सम्मान दिँदै सरकारले पत्रकारलाई गरेको सम्मानले सिङ्गो पत्रकारितालाई अझै समृद्ध बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपतिले सरकार र पत्रकारिता क्षेत्रको समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।
सरकारका मुख्य सचिव डा सोमलाल सुवेदीले संविधान कार्यान्वयनसँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न मिडियाको अत्यन्त महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले सरकारले पछिल्लो पटक सञ्चारगृहलाई उद्योगका रूपमा मान्यता दिने, श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्ने र अनलाइन निर्देशिका ल्याउने लगायत काम गरेको जानकारी दिनुभयो ।

सम्मानितका तर्फबाट पत्रकार डा आचार्यले नेपाली पत्रकारिता क्षेत्रलाई अझै व्यावसायिक र संस्थागत बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री