
काठमाडौँ, २३ वैशाख । मन्त्रिपरिषद्को आजको बैठकले सरकारबाट व्यवस्थापिकामा राष्ट्रपति मार्फत प्रस्तुत गरिने आव २०७३, ०७४ को नीति तथा कार्यक्रम पारित गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले सरकारको आगामी नीति तथा कार्यक्रम यही वैशाख २६ गते अपराह्न ४ बजे व्यवस्थापिका–संसद्मा पेस गर्ने निर्णय गरेको उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । बैठकले भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणका निम्ति सार्वजनिक खरिद प्रक्रियासम्बन्धी ऐनको पहिलो संशोधन मस्यौदा पारित गरेको छ ।
निजगढ विमानस्थल आफ्नै स्रोत र लगानीमा
मन्त्रिपरिषद् बैठकले बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका निम्ति जग्गा अधिग्रहण गर्ने र आफ्नै स्रोत र लगानीमा निर्माण गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी सरकारले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ । बैठकले राष्ट्रिय मिडियाका श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक रु १९ हजार ५०० बनाउने निर्णय गरेको मन्त्री पाण्डेयले बताउनुभयो । त्यस्तै न्यूनतम पारिश्रमिकका रुपमा राष्ट्रिय मिडियाका श्रमजीवी कर्मचारीको रु १४ हजार ४००, सञ्चार प्रतिष्ठानका श्रमजीवी पत्रकारको रु १४ हजार १०० र आमसञ्चार प्रतिष्ठानका श्रमजीवी कामदार कर्मचारीको रु १२ हजार ५०० निर्धारण गरिएको छ ।
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित