
मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार विराटनगरमा बुधबार प्रथम महाधिवेशनका अवसरमा पुनः अध्यक्ष पदमा मनोनयनपत्र दर्ता गराउँदै । तस्बिर ः प्रभाषचन्द्र झा, विराटनगर, रासस
विराटनगर, २२ वैशाख । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्षमा विजयकुमार गच्छदारले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
सो पार्टीको विराटनगरमा जारी अधिवेशनको तेस्रो दिन आज १०ः३० बजे उहाँले अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँका प्रस्तावक र समर्थकमा पाँच पाँच जना छन् । प्रस्तावकमा सो पार्टीका उपाध्यक्ष भारतेन्दु मल्लिक, धनुषा अध्यक्ष उमाशङ्कर अरगरिया, काभ्रे अध्यक्ष गोविन्दबहादुर थापा, नवलपरासी अध्यक्ष सुभाष गिरी र केन्द्रीय सदस्य (काठमाडाँैं) बाबुराम पोखरेल हुनुहुन्छ ।
त्यसैगरी समर्थकमा चितवन जिल्ला अध्यक्ष जोखाप्रसाद चौंधरी, काठमाडाँैं अध्यक्ष रुद्रप्रसाद श्रेष्ठ, मोरङ अध्यक्ष भक्तिनाथ माझी, सुनसरी अध्यक्ष प्रदीप चौंधरी र केन्द्रीय सदस्य महेशदत्त रहनुभएको छ ।
सो अवसरमा पार्टी अध्यक्ष गच्छदारले सर्वसम्मत अध्यक्षमा निर्वाचित हुने विश्वास व्यक्त गर्दै लोकतान्त्रिक विधिबाट हुने निर्वाचनमा केन्द्रीय सदस्यमा पनि सर्वसम्मतिको प्रयास हुने र नभएको अवस्थामा मतदान हुने जानकारी गराउनुभयो ।
सो पार्टीका ४२ केन्द्रीय सदस्य पदको निर्वाचन हुन लागेकामा समावेशीतर्फ २१ र खुलातर्फ २१ पदका लागि मनोनयनपत्र दर्ता भइसकेको छ । तीमध्ये आरक्षित पदमा मधेसीका चार, महिला, दलित (पहाडी), दलित (मधेसी), आदिवासी जनजाति (मधेसी) आदिवासी जनजाति (पहाडी), पिछडावर्ग र खसआर्यका लागि दुई दुई पद आरिक्षत गरिएको छ । एक पद कर्णाली क्षेत्रका लागि आरक्षित गरिएको सूचना अधिकारी सुनिलरञ्जन सिंहले जानकारी गराउनुभयो ।
अध्यक्षको उम्मेद्वारी दर्ता शुल्क रु २५ हजार र केन्द्रीय सदस्यको दर्ता शुल्क रु पाँच हजार निर्धारण गरिएको छ । केन्द्रीय सदस्य उम्मेवारी दिन खोज्ने कतिपय व्यक्तिले उम्मेदवारीको शुल्क बढी भएको प्रतिक्रिया दिएका छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते