लन्डन । लण्डनस्थित नेपाली दूतावासमा काठमाडौंको एउटा स्वयंसेवी समूह ‘टिच फर नेपाल’ ले प्रस्तुति दिने भएको छ । भोलि बुधबार सांझ ६ बजे कार्यक्रम तय भएको हो ।
संयुक्त राज्य अमेरिका तथा युरोपका विभिन्न मुलुकको भ्रमण पछि नेपालका लागि पढाऔं ‘टिच फर नेपाल’ का संस्थापक तथा प्रमुख कार्यकारी शिशिर खनाल तथा अर्का कार्यकारी शैलेन्द्र झा लण्डन आइपुगेका छन् ।
चार वर्ष अघि स्थापना भएको उक्त समूहले अहिलेसम्म एकसय भन्दा बढी स्नातक युवा, युवतीहरुलाई प्रशिक्षण दिई सिन्धुपाल्चोक, ललितपुर र धनुषा जिल्लाका सामुदायिक विद्यालयहरुमा शिक्षकको रुपमा पठाइसकेको छ। ‘टिच फर नेपाल फेलो’ भनिने ती शिक्षकहरुले लगातार दुई वर्ष एउटै विद्यालयमा गणित, विज्ञान तथा अंग्रेजी विषय पढाउने गरेका छन्। यसबाट ती विद्यालयहरुमा पठनपाठनको गुणस्तर वृद्धि गर्न मद्दत पुगेको र खासगरी विपन्न समुदायका विद्यार्थीहरुको मनोबल बढेको खनालले बताए ।
सरकारले वर्षेनी सरकारी अनुदान प्राप्त विद्यालयहरुकालागि झण्डै ७० अर्व खर्च गरिरहेको भएपनि गुणस्तर भने अत्यन्त न्यून छ। सरकारले एक पैसा लगानी नगरेको निजी विद्यालयहरुका झण्डै ९० प्रतिशत विद्यार्थीहरु एसएलसी उत्तीर्ण हुने गरेका छन् भने सामुदायिक विद्यालयका ३० प्रतिशत जति विद्यार्थीहरुमात्रै एसएलसी उत्तीर्ण हुने गरेका छन् ।
सरकारको अरबौं लगानीका बावजुद शिक्षाको खस्कँदो गुणस्तरमा सुधार ल्याउन थालिएको स्वयम्सेवी अभियान ‘टिच फर नेपाल’ को अहिलेसम्मको अनुभवबारे चर्चा गर्न र उनीहरुलाई हौसला दिन भोलि अन्तर्कृया कार्यक्रम गर्न लागिएको कार्यक्रमका एकजना आयोजक किशोर सापकोटाले बताए ।
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण