विराटनगर, २० वैशाख । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले पार्टी र मधेसको स्वार्थभन्दा माथि उठेर आफूले ऐतिहासिक १६ बुँदेका लागि महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।
पार्टीको तीनदिने प्रथम राष्ट्रिय महाधिवेशनको आज स्थानीय सहिद रङ्गशालामा उद्घाटन गर्दै उपप्रधानमन्त्री गच्छदारले १६ बुँदे सहमतिकै आधारमा मुलुकले संविधान पाएको बताउनुभयो ।
उहाँले संविधानलाई कार्यान्वयन गर्न र लोकतन्त्रलाई बलियो र प्राप्त उपलब्धिलाई संस्थागत गर्नका लागि दलबीच सहमति आवश्यक रहेकामा जोड दिँदै मधेसी, आदिवासी, थारु, मुस्लिमलगायतको सम्बोधनका साथै समस्या समाधानका लागि आठ प्रदेश बनाउनुपर्ने सुझाव दिनुभयो ।
सो अवसरमा एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले मधेसी र आदिवासीको केही मागलाई पूरा गर्न सीमाङ्कनमा परिमार्जन एवं हेरफेर गर्न सकिने धारणा प्रकट गर्नुभयो । संविधान निर्माणको काममा गच्छदारको महत्वपूर्ण भूमिका रहेको अनुभवबाट आफू पनि लाभान्वित भएको जानकारी उहाँले गराउनुभयो ।
नेकपा(एमाले)का नेता माधवकुमार नेपालले हिमाली, पहाडी र मधेसी मिलेर मुलुकलाई विकासको गतिमा डोरयाउनका लागि एक भएर अगाडि बढ्नुपर्ने सुझाव दिँदै मुलुकमा संविधानको कार्यान्वयनका साथै विकासका लागि नेपाली काँग्रेसलाई सरकारमा सहभागी हुन आग्रह गर्नुभयो ।
काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले दल मिलेर आन्दोलन गर्ने तर उपलब्धिलाई संस्थागत गर्न चुक्ने गरेको बताउँदै संविधानको कार्यान्वयनका लागि काँग्रेसले प्रतिपक्षमा बसेर सहयोग गर्ने धारणा प्रकट गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा प्रकाशचन्द्र लोहनीले मुलुकको समस्या समाधानका लागि सबै दलले लचकता अपनाउनुपर्नेमा जोड दिनुभयो ।
भारतीय जनता पार्टीका राष्ट्रिय उपाध्यक्ष भगतसिंह कोसियारीले नेपालमा लोकतन्त्र बलियो बनाउन र विकास निर्माणमा सहयोग गर्न भारत सदैव तत्पर छ भन्नुभयो । भाजपाका राष्ट्रिय प्रवक्ता डा विजयस्वर्णकर शास्त्रीले नेपालले संविधान जारी गरेकामा बधाई दिँदै प्राकृतिक सौन्दर्यको देश नेपाललाई पर्यावरणबाट हुने क्षतिबाट रोक्नका लागि ठोस कदम चाल्न सुझाव दिनुभयो ।
सो अवसरमा भारतको झारखण्ड राज्यका विधायक शिवशङ्कर उराव, नेकपा (माले) का खगेन्द्र प्रसाइं, राप्रपा नेपालका उद्धवप्रसाद दाहाललगायतले महाधिवेशनको सफलताको कामना गर्नुभयो । तीन दिनसम्म चल्ने सो अधिवेशनमा दुई हजार ५०० प्रतिनिधि र ५०० पर्यवेक्षकको सहभागिता छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा