
काठमाडौँ, २० वैशाख । संयुक्त राष्ट्र सङ्घका उपमहासचिव जान केन्नेथ इलियासनले नेपालमा भूकम्पपछिको पुनःनिर्माणमा अन्तर्राष्ट्रिय समुदाय साथमा रहेको बताउनुभएको छ ।
ललितपुरको बुङ्मतीमा सम्पदा पुनःनिर्माणको अवलोकन गर्दै उहाँले ठूलो विपत्तिले भत्काएको संरचनाको पुनःनिर्माण चुनौतीपूर्ण छ, पाइला पाइला चालेपछि बलियो र राम्रो संरचना बन्नेछ भन्नुभयो ।
“सरकारका साथसाथै अन्तर्राष्ट्रिय समुदाय, निजी क्षेत्र नागरिक समाजसँगको सहकार्य र साझेदारीमा मात्र विपद्पछिको पुनःनिर्माण सम्भव हुन्छ”, उहाँले भन्नुभयो । नेपालमा भइरहेको पुनःनिर्माणको कामलाई लिएर टर्कीमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा कार्यपत्र पेस गर्दा नेपालको पुनःनिर्माणको विषय समावेश गर्ने जानकारी पनि उहाँले दिनुभयो । स्वदेशी र विदेशी सीप एवम् क्षमतालाई प्रयोग गरेर अघि बढ्न पनि नेपाल पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सुझाव दिनुभयो ।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनःनिर्माणमा सबै आधार तयार भएकाले सबैको साथ र सहयोग लिएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । “ललितपुरको बुङ्मती र खोकनाका आठ वडामा नापजाँच सम्पन्न भएको छ, गुरुयोजना अन्तर्गतका कार्यक्रम ल्याउन कार्यविनायक नगरपालिका लाग्नुपर्छ, यसमा स्थानीयवासीले साथ दिनुपर्छ”–उहाँले भन्नुभयो ।
नापजाँच सुरु गरिएको ४० दिनमा यस क्षेत्रका दुई हजार ५७४ घरधुरीको सर्भेक्षण सम्पन्न भएको जनाइएको छ । यस क्षेत्रका अनुदान पाउनयोग्य घरधुरीको सूची सार्वजनिक गरी अनुदान सम्झौता प्रक्रिया अघि बढाउन लागिएको प्राधिकरणले जनाएको छ ।
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
इरानले शान्ति प्रस्ताव अस्वीकार गरे पुनः आक्रमण गर्ने अमेरिकाको चेतावनी
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतद्वारा युक्रेनलाई सहयोग घोषणा
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान