
काठमाडौँ, २० वैशाख । संयुक्त राष्ट्र सङ्घका उपमहासचिव जान केन्नेथ इलियासनले नेपालमा भूकम्पपछिको पुनःनिर्माणमा अन्तर्राष्ट्रिय समुदाय साथमा रहेको बताउनुभएको छ ।
ललितपुरको बुङ्मतीमा सम्पदा पुनःनिर्माणको अवलोकन गर्दै उहाँले ठूलो विपत्तिले भत्काएको संरचनाको पुनःनिर्माण चुनौतीपूर्ण छ, पाइला पाइला चालेपछि बलियो र राम्रो संरचना बन्नेछ भन्नुभयो ।
“सरकारका साथसाथै अन्तर्राष्ट्रिय समुदाय, निजी क्षेत्र नागरिक समाजसँगको सहकार्य र साझेदारीमा मात्र विपद्पछिको पुनःनिर्माण सम्भव हुन्छ”, उहाँले भन्नुभयो । नेपालमा भइरहेको पुनःनिर्माणको कामलाई लिएर टर्कीमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा कार्यपत्र पेस गर्दा नेपालको पुनःनिर्माणको विषय समावेश गर्ने जानकारी पनि उहाँले दिनुभयो । स्वदेशी र विदेशी सीप एवम् क्षमतालाई प्रयोग गरेर अघि बढ्न पनि नेपाल पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सुझाव दिनुभयो ।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनःनिर्माणमा सबै आधार तयार भएकाले सबैको साथ र सहयोग लिएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । “ललितपुरको बुङ्मती र खोकनाका आठ वडामा नापजाँच सम्पन्न भएको छ, गुरुयोजना अन्तर्गतका कार्यक्रम ल्याउन कार्यविनायक नगरपालिका लाग्नुपर्छ, यसमा स्थानीयवासीले साथ दिनुपर्छ”–उहाँले भन्नुभयो ।
नापजाँच सुरु गरिएको ४० दिनमा यस क्षेत्रका दुई हजार ५७४ घरधुरीको सर्भेक्षण सम्पन्न भएको जनाइएको छ । यस क्षेत्रका अनुदान पाउनयोग्य घरधुरीको सूची सार्वजनिक गरी अनुदान सम्झौता प्रक्रिया अघि बढाउन लागिएको प्राधिकरणले जनाएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य