
काठमाडौँ, २० वैशाख । मन्त्रिपरिषद्को आजको बैठकले मुलुकका विभिन्न ठाउँमा भएको आगलागीबाट पूर्ण क्षति भएका घरधुरीलाई प्रतिघर परिवार दुई बन्डल (२६ गेजको) जस्तापाता उपलब्ध गराउने निर्णय गरेको छ । गत मङ्सिर १ गतेपछिका आगलागीपीडितलाई सो राहत दिने निर्णय भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकपछि उद्योगमन्त्री सोमप्रसाद पाण्डेले हालसम्म एक हजार ४०२ घर आगलागीबाट पूर्ण क्षति भएको जानकारी दिनुभयो ।
यसैगरी बैठकले मानव अङ्ग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा पुकारचन्द्र श्रेष्ठलाई नियुक्त गरेको छ । बैठकले छ जना उपसचिवलाई सहसचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बढुवा हुने सहसचिवहरुमा गोविन्दप्रसाद रिजाल,झक्कप्रसाद आचार्य,नवराज ढकाल,नीता पोखरेल अर्याल ,उदयबहादुर रानामगर र गजेन्द्रकुमार ठाकुर हुनुहुन्छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते