लन्डन । हाल बेलायतमा रहेका तीन नेपाली राष्ट्रिय कलाकारलाई एक कार्यक्रमबीच सम्मान गरिएको छ । साउथ इष्ट लन्डनका व्यवसायीहरुको आयोजनामा एक कार्यक्रम गरि उनीहरुलाई सम्मान गरिएको हो ।
गायक गायिका शिव परियार, रामजी खांड र देबिका केसी बुधबार सांझ उलवीच लोटस क्लवमा आयोजित कार्यक्रममा सम्मानित भए ।
साउथ इष्टका सक्रिय समाजसेवी एवं व्यवसायीहरु दीपक श्रेष्ठ, विनोद ज्ञवाली, प्रकाश बस्नेत, प्रकाशराज कंडेल र कर्ण शाहीको नेतृत्वमा आयोजित विशेष पार्टीमा कलाकारहरुले आफूलाई अवसर र सम्मान दिएकामा आयोजकलाई धन्यवाद दिए ।
अधिकांश आयोजकले कार्यक्रम सकिएपछि कलाकारलाई त्यति वास्ता नगर्ने परिपाटीबीच साउथ इष्टवासीले कलाकारहरुको सम्मानमा कार्यक्रम राखेका हुन् ।
पारिवारिक वातावरणमा सिमित दर्शकबीच हेम विष्टको साउण्ड सिस्टममा कलाकारहरुले आफ्नो गायन समेत प्रस्तुत गरे । अनौपचारिक भन्दा भन्दै गायक शिव परियारले आफ्नो हिट नम्बर देखि नयां गीत सुनाइहाले । उनले पिउंदिन भन्दा भन्दै, बेहोसीपछि, रित्तो रित्तो, कहां थियौं तिमी रंगमन्च, पागल बनायौ प्रिय, लगायौ माया सांट्यौ नि आदि गीत गाएर दर्शकलाई कहिले भावुक त कहिले नाच्न वाध्य बनाए ।
लोकप्रिय दोहोरी कलाकारद्वय रामजी खांड र देबिका केसीको दोहोरी गायनले पनि मनोरन्जन दिलाएको थियो ।
५ हजार बढि गीत गाइसकेका खांडले ‘फूल फूलेर पयांलै भयो…’, ‘सालैजो…’ अनि पन्चे बाजाका साथ ‘काफल पाक्यो…’ गीत गाएर दर्शक मन जिते । गायिका देबिका केसीको चाहिं ‘बाजी ठोकम आउ झिल्के…’ ले धेरै झिल्केहरुलाई नचायो ।
विनोद ज्ञवालीले सञ्चालन गरेको कार्यक्रममा व्यवसायी फत्त थापाले हेल्थ एण्ड सेफ्टीबारे जानकारी दिएका थिए । उक्त अवसरमा भूकम्पको वर्ष दिन पुग्नै लाग्दा दिवंगतहरुप्रति एक मिनेट मौनधारण समेत गरिएको थियो ।
यी तीन कलाकारहरु अझै केही साता बेलायतमा रहनेछन् ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ