लन्डन । सभामुख ओनसरी घर्तीमगरसहित प्रमुख सचेतकहरुको टोली यही १७ अप्रिल बिहान कतार एयरवेजबाट लन्डन उत्रने भएको छ । ब्रिटिश ग्रुप इन्टर पार्लियामेन्ट्री युनियनको निम्तोमा बेलायत आउन लागेको उक्त प्रतिनिधिमण्डलमा सभामुख, नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, नेकपा एमाले प्रमुख सचेतक भानुभक्त ढकाल, नेकपा एकीकृत माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरी, संसद सचिवालयका महासचिव मनोहर भट्टराई र सचिव मुकुन्द घिमिरे रहेको नेपाली दूतावासले जानकारी दिएको छ ।
१८ देखि २३ सम्म हुने औपचारिक भ्रमणका अवसरमा प्रतिनिधिमण्डलले बेलायती संसदीय प्रणालीबारे अध्ययन एवं भेटघाट र अन्तरसंवाद गर्नेछ । डिएफआइडी मन्त्री, विदेश मन्त्रालय (एफसीओ) पदाधिकारी र सेलेक्ट कमिटीसंग भेटघाट, वेष्टमिनिष्टर अवलोकन लगायत कार्यक्रम समेत समावेश छन् । संसदमा प्रधानमन्त्रीको प्रश्नोत्तर अवलोकन र संसदीय समितिसंग राउण्ड टेबल मिटिङ पनि तय भएको छ ।
प्रतिनिधिमण्डल २१ तारिख बिहान स्कटल्याण्ड गएर शुक्रबार लन्डन फर्कने कार्यक्रम छ ।
उनीहरुको सम्मानमा ब्रिटिश ग्रुप इन्टर पार्लियामेन्ट्री युनियन र नेपाली दूतावासले बेग्ला बेग्लै रिसेप्सन राखेका छन् । बेलायतस्थित नेपाली संघसंस्थाको पनि स्वागत कार्यक्रम तय भएको छ । प्रवासी नेपाली मञ्च यूकेले १७ तारिख दिउसो चाल्टर्नमा नेकपा एमाले प्रमुख सचेतक भानुभक्त ढकालसंग चियापान एवं अन्तरक्रिया कार्यक्रम राखेको छ । यसैगरी गैर अावासीय नेपाली संघ युके, मगर संघ युके र गाेरखा सत्याग्रह संयुक्त संघर्ष समितिले पनि सभामुख घर्तीलाई साेही दिन अल्डरसटस्थित किंग्स सेन्टरमा स्वागत कार्यक्रम गर्दैछ।
प्रतिनिधिमण्डल कतार एयरलायन्सबाट २३ अप्रिल सांझ नेपाल फर्कने छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते