
कमलविनायकस्थित बिजुक्छे निवासमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबीच सोमबार भेटवार्ता हुँदै । साथमा प्रम ओलीकी धर्मपत्नी राधिका, बिजुक्छेकी धर्मपत्नी शोभा र नेमकिपाका विदेश विभाग प्रमुख प्रेम सुवाल । तस्बिर ः रमेश गिरी, भक्तपुर, रासस
भक्तपुर, २९ चैत । प्रधानमान्त्री केपी शर्मा ओली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबीच आज भेटवार्ता भएको छ ।
कमलविनायकस्थित बिजुक्छे निवासमा भएको भेटवार्तामा भूकम्पपीडितलाई छिटो राहत पुग्ने गरी पुनः निर्माणको काम सुरु हुनुपर्ने बारेमा छलफल भएको थियो । करिब आधा घन्टा भएको भेटवार्तापछि बिजुक्छेले यसबारे प्रतिक्रिया दिँदै भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनः निर्माणको जिम्मा स्थानीय निकायलाई दिनुपर्ने माग गरेको बताउनुभयो ।
एउटै घरमा चार दाजुभाइ भिन्नै बसेको र भूकम्पले घर भत्काएर सबैलाई घरविहीन बनायो तर एकजनाले मात्रै राहत पाउने अरूले नपाउने व्यवस्था हँुदा पीडितलाई न्याय नहुने भन्दै उहाँले स्थानीय निकायलाई यसको जिम्मा दिए सहज व्यवस्थापन गर्न सकिने बताउनुभयो । “पुनः निर्माणको जिम्मा स्थानीय निकायलाई दिनुपर्छ, तब मात्र वास्तविक पीडितले सहज राहत पाउँछन्”, बिजुक्छेले भन्नुभयो—“घर र जग्गा नहुने पीडितलाई स्थानीय निकायले जग्गा खोजेर व्यवस्थापन गर्न सक्छ, त्यसैले प्रधानमन्त्रीसँग पुनः निर्माणको जिम्मा स्थानीय निकायलाई दिनुपर्छ भनेर भनेका छाँै ।”
प्रधानमन्त्री ओलीले प्राधिकरणसँग छलफल गरेर यसबारेमा निर्णय लिने आश्वासन दिएको बिजुक्छेले जानकारी दिनुभयो । लालपुर्जा नभएकालाई पनि राहत दिने व्यवस्था हुनुपर्ने उहाँको धारणा थियो । भेटमा प्रधानमान्त्री ओली र उहाँकी पत्नी राधिका शाक्य, नेमकिपाका अध्यक्ष बिजुक्छे, उहाँकी पत्नी शोभा र नेमकिपाका विदेश विभाग प्रमुख प्रेम सुवालको उपस्थिति थियो ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी