
काठमाडौँ, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई वर्षभित्र संसद्को अर्को निर्वाचन गरेरमात्रै सत्ता हस्तान्तरण हुने बताउनुभएको छ ।
अखिल नेपाल किसान महासङ्घको छैटौँ महासम्मेलनको आज यहाँ उद्घाटन गर्दै नेकपा (एमाले)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले कठिन परिस्थितिका बीच सरकारले राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै शीघ्र आर्थिक विकासको बेगमा आफूलाई हिँडाएको उल्लेख गर्नुभयो । अब आउने बजेटमा थप विकासका आयोजना र ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ जस्ता कार्यक्रम अघि सार्ने उद्घोष पनि उहाँले गर्नुभयो ।
आफ्नो पार्टीले संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा पनि नयाँ चरणमा मुलुकलाई लगेको दाबी गर्नुभयो ।
मुलुकलाई एक वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर गराई दुई वर्षभित्र निर्यात गराउन सक्ने गरी सरकार अघि बढेको बताउँदै उहाँले भन्नुभयो – त्यहीअनुसार काम गर्न म कार्यकर्तालाई आग्रह गर्दछु ।
कार्यक्रममा एमालेका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेललगायतको उपस्थिति छ ।
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
बैतडी बस दुर्घटनामा मृतकको सङ्ख्या १३ पुग्यो [अपडेट]
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
रहेनन् अभिनेता सुनिल थापा