मानामा, २५ चैत । सिरिया र यमनमा जारी रहेको युद्धको अन्त्यका लागि अमेरिकी विदेशमन्त्री जोन केरीले इरानलाई आग्रह गर्नुभएको छ ।
बहराइनको भ्रमणका क्रममा विदेशमन्त्री केरीले इरानलाई सो आग्रह गर्नुभएको हो । उहाँले अमेरिकी विदेशमन्त्रीको हैसियतमा गएको सन् २०१० पछि पहिलो पटक बहराइनको भ्रमण गर्नुभएको हो ।
उहाँले भन्नुभयो– कतिपय अरेबियाली देशहरूमा हाल जारी रहेको द्वन्द्वको अन्त्यका लागि अब हामीलाई इरानले सहयोग गर्नुपर्छ । हामीले इरानको सहयोगको अपेक्षा गरेका छौँ ।
मानामामा पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो– अब इरान विश्व समुदायको एक रचनात्मक सदस्य राष्ट्रका रूपमा रहनुपर्छ र उसले पनि विश्वमा शान्ति र स्थायित्वका लागि सघाउनुपर्छ ।
सिरियमा पछिल्लो समयमा अमेरिका र रसियाका कारण युद्धविराम भएको छ । यस क्रममा कुनै हिंसात्मक घटना नभएको भए पनि करिब महिना दिनदेखि सुरु भएको यस पहलपछि पनि शान्तिवार्ताको प्रक्रिया भने सार्थक रूपमा सुरु हुन सकिरहेको छैन ।
यमनमा गत वर्षदेखि पुनः हिंसा भड्किएको छ । हुथी विद्रोहीहरूले त्यहाँ हिंसा सुरु गरेको बताइएको छ । जसका कारण त्यहाँको अवस्था पनि निकै नाजुक बन्दै गएको छ ।
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान