मानामा, २५ चैत । सिरिया र यमनमा जारी रहेको युद्धको अन्त्यका लागि अमेरिकी विदेशमन्त्री जोन केरीले इरानलाई आग्रह गर्नुभएको छ ।
बहराइनको भ्रमणका क्रममा विदेशमन्त्री केरीले इरानलाई सो आग्रह गर्नुभएको हो । उहाँले अमेरिकी विदेशमन्त्रीको हैसियतमा गएको सन् २०१० पछि पहिलो पटक बहराइनको भ्रमण गर्नुभएको हो ।
उहाँले भन्नुभयो– कतिपय अरेबियाली देशहरूमा हाल जारी रहेको द्वन्द्वको अन्त्यका लागि अब हामीलाई इरानले सहयोग गर्नुपर्छ । हामीले इरानको सहयोगको अपेक्षा गरेका छौँ ।
मानामामा पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो– अब इरान विश्व समुदायको एक रचनात्मक सदस्य राष्ट्रका रूपमा रहनुपर्छ र उसले पनि विश्वमा शान्ति र स्थायित्वका लागि सघाउनुपर्छ ।
सिरियमा पछिल्लो समयमा अमेरिका र रसियाका कारण युद्धविराम भएको छ । यस क्रममा कुनै हिंसात्मक घटना नभएको भए पनि करिब महिना दिनदेखि सुरु भएको यस पहलपछि पनि शान्तिवार्ताको प्रक्रिया भने सार्थक रूपमा सुरु हुन सकिरहेको छैन ।
यमनमा गत वर्षदेखि पुनः हिंसा भड्किएको छ । हुथी विद्रोहीहरूले त्यहाँ हिंसा सुरु गरेको बताइएको छ । जसका कारण त्यहाँको अवस्था पनि निकै नाजुक बन्दै गएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?