काठमाडौं। नेपाली लिग विजेता मनाङ मस्र्याङ्दी क्लब श्रीलंकामा जारी एएफसी प्रेसिडेन्ट कपमा तुर्कमेनिस्तानको एटिटियु क्लबसँग पराजित भएको छ । कोलम्बोको सुगाथादासा रंगशालामा सोमबार भएको खेलमा एटिटियु क्लबले मनाङविरुद्ध ३– १ को महत्वपूर्ण जीत हात पार्यो । 
पराजयसँगै प्रतियोगिताको फाइनल यात्रा अनिश्चित बनेको छ । बुधबार हुने समूहको अन्तिम खेलमा श्रीलंकाको एयरफोर्स टिमले एटिटियु क्लबलाई पराजित गरे मात्रै मनाङले फाइनलमा स्थान पक्का गर्ने छ । शनिबार भएको खेलमा एयरफोर्सलाई मनाङले २–१ ले पराजित गरेको थियो । अंक तालिका शीर्ष स्थानमा रहेको टोली सोझै फाइनलमा प्रवेश गर्ने छ।
मनाङविरुद्धको खेलमा एटिटियु क्लबका मोहदोभले ह्याटिङ गरे। उनले खेलको पहिलो हाफको २३ औं र दोस्रो ७२ र ८३ औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन् । मनाङका लागि ३५ औं मिनेटमा सुजल श्रेष्ठले बराबरी गोल गरेका थिए।
प्रतियोगिताको विजेता टिमले ५० हजार अमेरिकी डलर पाउने छ भने उपविजेताले २५ हजार रुपैया प्राप्त गर्ने छ।
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना