काठमाडौं। नेपाली लिग विजेता मनाङ मस्र्याङ्दी क्लब श्रीलंकामा जारी एएफसी प्रेसिडेन्ट कपमा तुर्कमेनिस्तानको एटिटियु क्लबसँग पराजित भएको छ । कोलम्बोको सुगाथादासा रंगशालामा सोमबार भएको खेलमा एटिटियु क्लबले मनाङविरुद्ध ३– १ को महत्वपूर्ण जीत हात पार्यो । 
पराजयसँगै प्रतियोगिताको फाइनल यात्रा अनिश्चित बनेको छ । बुधबार हुने समूहको अन्तिम खेलमा श्रीलंकाको एयरफोर्स टिमले एटिटियु क्लबलाई पराजित गरे मात्रै मनाङले फाइनलमा स्थान पक्का गर्ने छ । शनिबार भएको खेलमा एयरफोर्सलाई मनाङले २–१ ले पराजित गरेको थियो । अंक तालिका शीर्ष स्थानमा रहेको टोली सोझै फाइनलमा प्रवेश गर्ने छ।
मनाङविरुद्धको खेलमा एटिटियु क्लबका मोहदोभले ह्याटिङ गरे। उनले खेलको पहिलो हाफको २३ औं र दोस्रो ७२ र ८३ औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन् । मनाङका लागि ३५ औं मिनेटमा सुजल श्रेष्ठले बराबरी गोल गरेका थिए।
प्रतियोगिताको विजेता टिमले ५० हजार अमेरिकी डलर पाउने छ भने उपविजेताले २५ हजार रुपैया प्राप्त गर्ने छ।
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह