काठमाडौँ । गत वैशाख १२ गते ७.६ रिक्टर स्केलको विनाशकारी महाभुकम्प गएयता नेपालमा हरेकदिन सरदर ४० वटा भुकम्प जाने गरेका छन् ।
गोरखाकाे वारपाक केन्द्रविन्दू बनाएर गएकाे साे भुकम्प गएकाे एक वर्ष पुग्न केही दिन मात्र बाँकी रहेपनि अरू भुकम्प जानेक्रम अहिलेसम्म राेकिएकाे छैन ।
राष्ट्रिय भुकम्प मापन केन्द्रले उपलब्ध गराएकाे तथ्यांकअनुसार गत वैशाख १२ गतेबाट अहिलेसम्ममा ४ रिक्टर स्केलभन्दा माथिका ४४५ वटा भुकम्प गएका छन् । अहिले पनि दैनिक ४ रिक्टर मुनिका सरदर ४० वटासम्म भूकम्प गइरहेको केन्द्रले जनाएको छ ।
त्यसो त, वैशाख १२ को भूकम्पअघि पनि नेपालमा दिनहुँ ४ रिक्टर मुनिका १२ देखि १५ वटा भूकम्प गइरहेका हुन्थे । यद्यपि तिनको अभिलेख राखिन्नथ्यो ।
ठूलो भूकम्पपछि परकम्प आउनेक्रम जारी रहेको र अहिले पनि दैनिक ३० देखि ४० वटासम्म भूकम्प गइरहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।
“वैशाख १२ को ७.६ रिक्टरको भूकम्पपछि हालसम्म गइरहेका परकम्प भनिए पनि भूकम्प नै हो”, – उनले भने ।
गोरखा भूकम्पपछि सुरुको एक महिनासम्म एक दिनमै ४ रिक्टर स्केलभन्दा मुनिका १ हजार ३०० वटासम्म भूकम्प (परकम्प) गएका थिए भने लामो समयसम्म दैनिक ५०० वटा भूकम्प गएका थिए ।
पछिल्लो समय परकम्प कम हुँदै गएको छ । ठूलो भूकम्प गएपछिको अवस्थामा लामो समयसम्म परकम्प नगएमा ठूलो भूकम्प जाने खतरा भएकाले परकम्प समय समयमा गएकै राम्रो हुने विज्ञहरु बताउँछन् ।
केन्द्रको विवरणअनुसार वैशाख १२ को भूकम्पअघिका वर्षहरुमा ४ रिक्टर स्केलभन्दा माथिका वार्षिक २५ देखि ६० वटा भूकम्प गएका थिए ।
यसैबीच आज बिहान ९ बजेर ४० मिनेट जाँदा बाजुरा केन्द्रविन्दु भएर ४.३ रिक्टर स्केलको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ ।
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
सोलार फार्म नेपालले चार प्रतिशत बोनस शेयर दिने
बेलायतमा दिउँसोको समयमा “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार