
इस्तानबुल, १९ चैत । मानवअधिकारका लागि कार्यरत एम्नेस्टी इन्टरनेसनलले टर्कीलाई सिरियामा जारी द्वन्द्वको चपेटामा परी विदेश पलायन भई टर्की रहँदै आएका र अन्य युरोपेली मुलुक हिँडेका शरणार्थीलाई गैरकानुनी तरिकाले द्वन्द्वग्रस्त मध्यपूर्वी राष्ट्र सिरियामै फिर्ता हुन दबाब दिने गरेको शुक्रबार जनाएको छ ।
एम्नेस्टीले यसलाई ‘घातक कमजोरी’ भन्दै ईयू सहमतिको सबै युरोपेली राष्ट्रले पालना गर्न सुझावसमेत दिएको छ ।
गएको महिना ईयू राष्ट्रका नेताहरुको छलफलपछि गरिएको सहमति विपरित टर्कीले केही दिन यता सिरियाली शरणार्थीलाई विना कुनै छानबिन सिरिया फर्कन दबाब दिन थालेपछि एम्नेस्टी इन्टरनेसनलले ईयू सहमतिको टर्कीद्वारा भङ्ग गरेको बताएको हो ।
एम्नेस्टी समूहद्वारा गरिएको अनुसन्धानले करिब एक सय जना सिरियाली द्वन्द्वपीडित नागरिकलाई दैनिक सिरिया फर्काउने गरेको दाबी गरेको छ ।
सिरियामा सन् २०११ देखि जारी द्वन्द्वका कारण २७ लाख सिरियाली नागरिकलाई शरण दिँदै आएको टर्कीले यस्ता दाबीको निरन्तर खण्डन गर्दै आएको छ र कुनै पनि सिरियाली शरणार्थीलाई स्वदेश जान दबाब नदिने गरेको बताउँदै आएको भएपनि पछिल्लो आरोपबारे कुनै सरकारी प्रतिक्रिया आइसकेको छैन ।
यसअघि टर्कीले आफ्नो मुलुकले शरणार्थीका लागि सधैँ ढोका खुला राख्ने नीति कायम राखेको बताउँदै आएको थियो ।
दोस्रो विश्वयुद्धपछि पहिलो पटक युरोपमा परेको पछिल्लो शरणार्थी बोझलाई कम गर्न युरोपेली राष्ट्रहरु लगाएत टर्कीका अधिकारीले टर्कीका विभिन्न स्थानबाट दैनिकजसो महिला तथा बालबालिकासहित गरी सयौँको सङ्ख्यामा सिरियाली सिमानातर्फ पठाइने गरेको एम्नेस्टी इन्टरनेसनलको दाबी छ ।
ग्रीसले आगामी सोमबारदेखि एइजन सामुद्रिक सीमा पार गर्दै गैरकानुनी रुपमा आफ्नो देश आउने सिरियाली लगायतका अन्य देशका शरणार्थीलाई फिर्ता पठाउने तयारी गरेको छ ।
तर, एम्नेस्टीले शरणार्थीलाई टर्की पठाइनु बेठिक भन्दै शरणार्थीका लागि टर्की सुरक्षित मुलुक नभएको जनाएको छ ।
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त