काठमाडौं। विवादका कारण पटक पटक स्थगित नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनको मिति छैटौंपटक तोकिएको छ । महामन्त्री प्रकाशमान सिंह नेतृत्वको निर्देशक समितिले आइतबार कात्तिक ३० देखि मंसिर २ गतेसम्म महाधिवेशन गर्ने घोषणा गरेको हो । महाधिवेशन स्थगित गरिएको विरोध र नयाँ मिति घोषणाको माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा एक साता आमरण अनसन बस्दै आएका चार विद्यार्थीले नेताले अनसन तोडेका छन् ।

नयाँ कार्यतालिकाअनुसार कात्तिक २० गतेभित्र महाधिवेशन प्रतिनिधिको अन्तिम सूची तयार पार्नुपर्ने छ । पारी त्यसका आधारमा २०७१ कात्तिक ३०, मंसिर १ र २ गते काठमाडौंमा महाधिवेशन गर्ने जनाएको छ ।
अधिवेशन हुन बाँकी जिल्ला र क्याम्पसलाई कात्तिक १८ भित्र अधिवेशन सक्नसमेत निर्देशन दिँदै विज्ञप्तिमा भनिएको छ, ‘विधि र प्रक्रिया पुर्याइएका तथा अधिवेशन हुन बाँकी रहेका जिल्ला र क्याम्पसको अधिवेशन केन्द्रीय निर्देशन समितिले संयन्त्र बनाई कात्तिक १८ गतेभित्र सम्पन्न गर्ने ।’
६८ जिल्ला अधिवेशन सम्पन्न भएको नेविसंघले जनाउँदै आए पनि अहिलेसम्म ४८ जिल्लाको मात्र प्रतिनिधि टुंगो लागेको छ । यसअघि पाँचौंपटक महाधिवेशन स्थगित भइसक्दा पनि केन्द्रीय क्याम्पस कीर्तिपुरसहित उपत्यकाका प्रमुख क्याम्पसमा अधिवेशन भएको छैन । रामेछाप, चितवन, सिन्धुपाल्चोक, रुपन्देही, बारा, पर्सा, भक्तपुर, ललितपुर, कञ्चनपुरसहित एक दर्जन जिल्लामा विवाद छ ।
आन्तरिक विवादकै कारण नेविसंघको महाधिवेशन यसअघि भदौ २९ देखि ३१, गत जेठ २९ देखि ३१ गतेका लागि तोकिए पनि विशेष कारण देखाउँदै स्थगित गरिएको थियो । त्यसअघि २०७० भदौ २९ देखि ३१ गतेका लागि तोकिएको महाधिवेशन मिति तोकिएको थियो । २०७० वैशाख ६ देखि ८ र २०६९ माघ २७ देखि २९ गतेलाई महाधिवेशनको मिति घोषणा गरिएको थियो । संघको २०६४ जेठपछि महाधिवेशन भएको छैन ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ