काठमाडौं। नेपाली फुटबल टोलीले जापानसँग ४–०ले पराजित हुँदै इन्चोन एसियाडको यात्रा समाप्त गरेको छ । तीन खेलमा कुल नेपालले १३ गोल खाएको नेपाली यु–२३ टोलीले कुनै टिमविरुद्ध गोल फर्काउन सकेन ।
नेपालले पहिलो खेलमा इराकसँग ४–० र दोस्रो खेलमा कुवेतसँग ५–० गोलअन्तरले हार भोगेको थियो । सोह्र वर्षको अन्तरालपछि नेपाल एसियाड खेलका फुटबलमा पहिलो पटक सहभागिता जनाएको थियो ।
एसियाडको फुटबलमा नेपालको यो पाँचौ सहभागिता हो । यसअघि १९८२, १९८६, १९९४ र १९९८ मा नेपाल सहभागी भएको थियो । नेपालले १९८२ मा भारतको नयाँ दिल्लीमा भएको एसियाडबाट अन्तर्राष्ट्रियस्तरमा औपचारिक यात्रा सुरु गरेको थियो । त्यतिबेला नेपालका बाइबी घलेले कुवेतविरुद्धको खेलमा एक गोल गरेका थिए । त्यो नै नेपालको एसियाडमा एक मात्र गोल हो ।
फोटो जापान यु-२३ विरुद्ध उत्रिएको नेपाली टोली ।
तस्विर : गोलनेपाल डट कम
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह