काठमाडौं। भारतीय गोर्खा सैनिक जीतु राईले इन्चोन एसियाडमा स्वर्ण पदक जितेका छन्। संखुवासभा शितलपाट्टीका राईले एयर पिस्तोलतर्फ ५० मिटरमा स्वर्ण जित्दै भारतलाई स्वर्ण पदक दिलाएका हुन् । जितु पाँच सन्तान छोरा मध्य काँहिला सन्तान हुन् । 
सात वर्षअघि भारतीय सेनामा प्रवेश गरेका राईले यसअघि सुटिङ विश्वकप र राष्ट्रमण्डल खेलमा ५० मिटरतर्फ स्वर्ण पदक जितेका थिए । यसै वर्ष अन्तर्राष्ट्रिय प्रतियोगितामा सात पदक हात परेका छन् ।
उनले आइतबार १० मिटर पेस्तोलतर्फको टिम खेलमा कास्य पदक प्राप्त गरेका छन् । सन् २०१६ मा रियो दि जेनेरियामा हुने ओलम्पिकका लागि राई छनोट भएका छन् । एशियाड स्वर्ण जितेपछि भारतको उत्तर प्रदेश सरकारले राईलाई ५० लाख भारतीय रुपैया दिने घोषणा गरेको छ ।
पिताको पदचिन्ह पछ्याउँदै राई सेनामा भर्ना भएका हुन् । उनले ब्रिटिस गोर्खा सैनिकका लागि पनि आवेदन दिएका थिए । ‘तर ब्रिटिस गोर्खाको छनोट प्रक्रिया शुरु हुनु एक दिन अघि नै भारतीय सेनामा छनोट भए,’ मेडल जितेपछि इन्डियन एक्प्रेससँग कुरा गर्दै राईले भनेका छन् । राई गोर्खा इलाभेन्थ रेजिमेन्ट लखउनमा कार्यरत छन् ।
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड