
लन्डन । रसमुर बरोको स्वतन्त्रता प्राप्तिका अवसरमा गोर्खाहरुले मार्च पास गरेका छन् । टेन क्यूओजिएलआर सम्वद्ध करिब एकसय ५० गोर्खाले गत सप्ताहन्त अल्डरसटको प्रिन्सेस हल हुंदै ह्याम्पसायर क्षेत्रमा मार्च पास गरेका हुन् ।
ब्रिगेड अफ गोर्खाज् ब्याण्डको नेतृत्वमा ग्रोस्भेनर रोड, भिक्टोरिया रोड, स्टेशन रोड, हाइ स्ट्रिट, प्रिन्सेस वेमा परेड भएको थियो ।
उक्त अवसरमा रेजिमेन्टल पाइप्स् र ड्रम्स् बजाइएको थियो ।
फ्रिडम स्क्रोल प्रस्तुत गर्दै रसमुर काउन्सिलका मेयर मार्टिन टिनेन्टले गोर्खाहरुसंगको लामो इतिहासले रसमुर सांच्चिकै गौरवान्वित भएको बताए । गोर्खाहरुले ब्रिटिश आर्मी र स्थानीय समुदायलाई भयानक विशिष्ठता दिएर सेवा गरिरहेको पनि मार्टिनले उल्लेख गरे ।
गत वर्ष जुलाईमा भएको काउन्सिलरहरुको विशेष बैठकले गोर्खाहरुको बहादुरी र साहसको कदर गर्दै सम्मान स्वरुप स्वतन्त्रता दिने निर्णय सर्वसम्मत पारित गरेको थियो ।
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान