स्क्रिनमा रमाउने बानीले पिरोल्दैछ केटाकेटीलाई

GBelbase

आजभोलि बच्चाहरू पाहुना बन्न कसैको घरमा गए भने सन्चो विसन्चोको औपचारिकतामा अभिभावकहरू ब्यस्त हुँदै गर्दा ब्रोडब्यण्डको पासवर्ड मागेर स्क्रिनमा रमाउन ब्यस्त हुन्छन बच्चाहरू ।

बेलायतका पाँच मध्ये चार अभिभावकहरू स्क्रिन डिभाइसले आफ्ना सन्तानको विकासमा सहयोग गर्ने बताउँछन् । यो कुरा हालैका सर्वेक्षण नतिजाबाट पुष्टि भएको छ । तर, मनोविज्ञान तथा चिकित्सकहरू यस विषयमा पूर्ण सहमत छैनन् । विहान उठेदेखि सुत्ने बेलासम्म मोबाइल, ल्यापटप, आइप्याड, कम्प्यूटर र टेलिभिजनमा विताउने पुस्तालाई यस्ता स्क्रिनले निकै बेफाइदा पुर्याइरहेको छ । भावी सन्ततिको वृद्धि विकासमा यसको नकारात्मक असर भयावह रूपमा देखिने चेतावनी सहित चिकित्सकहरूले सचेत गराइरहेको विषयमा हाम्रो समाज भने आवस्यकता भन्दा कम सचेत रहेको पाइन्छ ।

घरमा प्रयोग हुने स्क्रिन डिभाइसहरूले बालविकासमा सकारात्मक योगदान गरेको विषयमा विवाद छैन् । तर, यस्ता स्क्रिनको कति प्रयोग ठीक्क र कतिभन्दा बढी प्रयोग दिक्क भन्ने चाहिं मुल विषय बनेको छ । कस्तो काम र कुन स्तरको स्क्रिन प्रयोग गरिएको छ भन्नेमा यसले पुर्याउने फाइदा र बेफाइदा निर्भर गर्दछ । सन्तानलाई स्क्रिनमा भुलाएर आफ्नो काम धन्धा सघाउन सजिलो मान्ने अभिभावक यस विषयमा विषेश चनाखो हुन जरूरी छ नत्र बाल विकासमा स्क्रिनले निकै क्षति पुर्याएपछि पछुताउनु पर्ने अवस्था झेल्नु पर्ने हुन्छ ।

नेपाली साँस्कृतिक कार्यक्रममा सन्तानलाइ आइप्याडमा गेम लागइदिएर स्वतन्त्र हुँदै अभिभावकहरू रमाइरहेको पनि पाइन्छ । यस्तो ब्यवहारले तत्काललाइ बच्चाबच्ची भुलाउन त सजिलो हुन्छ तर यसको परिणाम के हुन्छ भन्ने विषयमा ध्यान दिएको पाइँदैन । सन्तानलाई कति समय स्क्रिनमा भुल्न दिँदा परिणाम फलदायी हुन्छ र कति भन्दा बढी हानीकारक हुन्छ भन्ने जान्न अति आवस्यक छ ।

ताइवानको सरकारले बच्चाहरूको उमेरअनुसार स्क्रिनमा विताउने समय तोकेको छ । तोकिएको समय भन्दा बढी समय १८ वर्ष मुनिका बच्चालाई स्क्रिनमा भुलाउने अभिभावकलाई एक हजार पाउण्ड (NT$50,000) बराबरको जरिवाना गर्ने कानून नै बनेको छ । बेलायतमा यस्तो प्रतिबन्ध तोकिएको छैन । चीन र दक्षिण कोरियामा पनि ताइवानमा जस्तै अभिभावकलाई नियन्त्रणको नीति अपनाएको पाइन्छ ।

dell-studio-17-laptop-multi-touch-screen-fingers1

बेलायतमा सन् २०१२ मा गरिएको एक सर्वेक्षण अनुसार दैनिक रूपमा ३ देखि ४ बर्षका बच्चाले तीन घण्टा, ५ देखि ७ वर्षका बच्चाले चार घण्टा, ८–११ वर्षकाले साढे चार घण्टा र टीन एजरले साढे छ घण्टा समय स्क्रिनमा विताउने औसत समय रहेको निचोड निकालेको थियो ।

बच्चालाई कति समय स्क्रिनमा विताउन दिने भन्ने विषयमा अभिभावक सचेत हुन जरूरी छ । विषेशज्ञहरूले दुई वर्ष भन्दा मुनिका बच्चालाई दैनिक हिसावमा बढिमा एक घण्टा भन्दा बढी स्क्रनमा विताउन नदिने र ५ देखि १८ वर्षका वच्चालाई दुई घण्टा भन्दा बढी स्क्रिनमा बस्न नदिनु राम्रो भनेर सुझाएका छन् । तर, बच्चाको होमवर्क गरेको समय तथा रचनात्मक क्रियाकलाप गरेको सन्दर्भमा भने अभिभावकले यस समयलाई मध्यनजर गर्न जरूरी हुन्छ । त्यसरी स्क्रिनमा बस्ने समय बढाएर अनुमति दिँदा सन्ततिले स्क्रिनलाई केका लागि प्रयोग गरिरहेका छन् भन्ने कुरामा अभिभावक सचेत हुनुपर्छ ।

स्क्रिनमा समय बढी विताउँदा सन्ततिले होमवर्क गर्ने समय खेर फाल्ने डर रहन्छ । साथै स्क्रिनले समय खाँदा आउट डोर खेलकुदको क्रियाकलप पर्याप्त नहुँनाले भावि पुस्तामा सानै उमेरमा डायविटिज जस्ता रोगहरूले समाउने चेतावनी खतराको घण्टीका रूपमा बुझ्न जरूरी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री