आजभोलि बच्चाहरू पाहुना बन्न कसैको घरमा गए भने सन्चो विसन्चोको औपचारिकतामा अभिभावकहरू ब्यस्त हुँदै गर्दा ब्रोडब्यण्डको पासवर्ड मागेर स्क्रिनमा रमाउन ब्यस्त हुन्छन बच्चाहरू ।
बेलायतका पाँच मध्ये चार अभिभावकहरू स्क्रिन डिभाइसले आफ्ना सन्तानको विकासमा सहयोग गर्ने बताउँछन् । यो कुरा हालैका सर्वेक्षण नतिजाबाट पुष्टि भएको छ । तर, मनोविज्ञान तथा चिकित्सकहरू यस विषयमा पूर्ण सहमत छैनन् । विहान उठेदेखि सुत्ने बेलासम्म मोबाइल, ल्यापटप, आइप्याड, कम्प्यूटर र टेलिभिजनमा विताउने पुस्तालाई यस्ता स्क्रिनले निकै बेफाइदा पुर्याइरहेको छ । भावी सन्ततिको वृद्धि विकासमा यसको नकारात्मक असर भयावह रूपमा देखिने चेतावनी सहित चिकित्सकहरूले सचेत गराइरहेको विषयमा हाम्रो समाज भने आवस्यकता भन्दा कम सचेत रहेको पाइन्छ ।
घरमा प्रयोग हुने स्क्रिन डिभाइसहरूले बालविकासमा सकारात्मक योगदान गरेको विषयमा विवाद छैन् । तर, यस्ता स्क्रिनको कति प्रयोग ठीक्क र कतिभन्दा बढी प्रयोग दिक्क भन्ने चाहिं मुल विषय बनेको छ । कस्तो काम र कुन स्तरको स्क्रिन प्रयोग गरिएको छ भन्नेमा यसले पुर्याउने फाइदा र बेफाइदा निर्भर गर्दछ । सन्तानलाई स्क्रिनमा भुलाएर आफ्नो काम धन्धा सघाउन सजिलो मान्ने अभिभावक यस विषयमा विषेश चनाखो हुन जरूरी छ नत्र बाल विकासमा स्क्रिनले निकै क्षति पुर्याएपछि पछुताउनु पर्ने अवस्था झेल्नु पर्ने हुन्छ ।
नेपाली साँस्कृतिक कार्यक्रममा सन्तानलाइ आइप्याडमा गेम लागइदिएर स्वतन्त्र हुँदै अभिभावकहरू रमाइरहेको पनि पाइन्छ । यस्तो ब्यवहारले तत्काललाइ बच्चाबच्ची भुलाउन त सजिलो हुन्छ तर यसको परिणाम के हुन्छ भन्ने विषयमा ध्यान दिएको पाइँदैन । सन्तानलाई कति समय स्क्रिनमा भुल्न दिँदा परिणाम फलदायी हुन्छ र कति भन्दा बढी हानीकारक हुन्छ भन्ने जान्न अति आवस्यक छ ।
ताइवानको सरकारले बच्चाहरूको उमेरअनुसार स्क्रिनमा विताउने समय तोकेको छ । तोकिएको समय भन्दा बढी समय १८ वर्ष मुनिका बच्चालाई स्क्रिनमा भुलाउने अभिभावकलाई एक हजार पाउण्ड (NT$50,000) बराबरको जरिवाना गर्ने कानून नै बनेको छ । बेलायतमा यस्तो प्रतिबन्ध तोकिएको छैन । चीन र दक्षिण कोरियामा पनि ताइवानमा जस्तै अभिभावकलाई नियन्त्रणको नीति अपनाएको पाइन्छ ।
बेलायतमा सन् २०१२ मा गरिएको एक सर्वेक्षण अनुसार दैनिक रूपमा ३ देखि ४ बर्षका बच्चाले तीन घण्टा, ५ देखि ७ वर्षका बच्चाले चार घण्टा, ८–११ वर्षकाले साढे चार घण्टा र टीन एजरले साढे छ घण्टा समय स्क्रिनमा विताउने औसत समय रहेको निचोड निकालेको थियो ।
बच्चालाई कति समय स्क्रिनमा विताउन दिने भन्ने विषयमा अभिभावक सचेत हुन जरूरी छ । विषेशज्ञहरूले दुई वर्ष भन्दा मुनिका बच्चालाई दैनिक हिसावमा बढिमा एक घण्टा भन्दा बढी स्क्रनमा विताउन नदिने र ५ देखि १८ वर्षका वच्चालाई दुई घण्टा भन्दा बढी स्क्रिनमा बस्न नदिनु राम्रो भनेर सुझाएका छन् । तर, बच्चाको होमवर्क गरेको समय तथा रचनात्मक क्रियाकलाप गरेको सन्दर्भमा भने अभिभावकले यस समयलाई मध्यनजर गर्न जरूरी हुन्छ । त्यसरी स्क्रिनमा बस्ने समय बढाएर अनुमति दिँदा सन्ततिले स्क्रिनलाई केका लागि प्रयोग गरिरहेका छन् भन्ने कुरामा अभिभावक सचेत हुनुपर्छ ।
स्क्रिनमा समय बढी विताउँदा सन्ततिले होमवर्क गर्ने समय खेर फाल्ने डर रहन्छ । साथै स्क्रिनले समय खाँदा आउट डोर खेलकुदको क्रियाकलप पर्याप्त नहुँनाले भावि पुस्तामा सानै उमेरमा डायविटिज जस्ता रोगहरूले समाउने चेतावनी खतराको घण्टीका रूपमा बुझ्न जरूरी छ ।
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’