
लन्डन । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ लन्डन आइपुग्नुभएको छ । ‘उज्यालो नेपाल’ अभियान लिएर विदेश घुमिरहनुभएका उहाँ सोमबार बिहान अमेरिकाबाट लन्डन आउनुभएको हो ।
एनआरएनए यूके, तमुधीं यूके, तामाङ सोसाइटी यूके, गुरुङ सोसाइटी केन्ट यूकेलगायत संघ संस्थाका अध्यक्ष तथा पदाधिकारी, शुभचिन्तकलगायतले हिथ्रोमा टर्मिनल २ मा घिसिङलाई भव्य स्वागत गरेका छन् ।
एनआरएनए यूकेले कुलमानसँग १५ अगस्ट साँझ अल्डरसटस्थित एम्पायर हलमा ‘मिट एन्ड ग्रीट’ गर्ने तयारी गरेको छ । उक्त कार्यक्रममा सहभागी भएर घिसिङसँग अन्तरक्रिया गर्दै ‘अन लिमिटेड थ्री कोर्स मिल’ को स्वादमा रमाउन संघका अध्यक्ष प्रेम गाहा मगरले अपिल गर्नुभएको छ ।
कार्यक्रममा बेलायत नेपाल सम्बन्ध र गोर्खाहरुको योगदान, नयाँ नेपाल निर्माण गर्ने उनको योजना, नेपालीका दु:ख सु:ख आदिबारे पनि अन्तरक्रिया हुने जनाइएको छ । सो अवसरमा तामाङ सेलो, खुकुरी डान्स, नौमति बाजा जस्ता प्रस्तुति रहने संघको भनाइ छ ।
तमुधीं यूकेले सोमबार साँझ मिचेटस्थित तमुधीं यूके भवनमा स्वागत तथा भेटघाटको कार्यक्रम राखेको अध्यक्ष जुमकाजी गुरुङले जानकारी दिनुभयो । उहाँले तमुधीं यूकेको निमन्त्रणमा बेलायत आउनुभएका घिसिङ २४ अगस्टमा केम्पर्टन पार्कमा आयोजना हुने नेपाली मेलामा विशेष अतिथिको रुपमा उपस्थित हुनुहुने जानकारी गराउनुभयो ।
घिसिङ बेलायतमा रहँदा विभिन्न नेपाली संघ संस्थाका कार्यक्रममा सहभागी हुनुहुने जनाइएको छ ।
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा तमु धीं, तमु समाज, बीसीसी यूकेलगायत संस्था ल्होछार मनाउँदै, कहिले, के छन् कार्यक्रम ?
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु