
लन्डन । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ लन्डन आइपुग्नुभएको छ । ‘उज्यालो नेपाल’ अभियान लिएर विदेश घुमिरहनुभएका उहाँ सोमबार बिहान अमेरिकाबाट लन्डन आउनुभएको हो ।
एनआरएनए यूके, तमुधीं यूके, तामाङ सोसाइटी यूके, गुरुङ सोसाइटी केन्ट यूकेलगायत संघ संस्थाका अध्यक्ष तथा पदाधिकारी, शुभचिन्तकलगायतले हिथ्रोमा टर्मिनल २ मा घिसिङलाई भव्य स्वागत गरेका छन् ।
एनआरएनए यूकेले कुलमानसँग १५ अगस्ट साँझ अल्डरसटस्थित एम्पायर हलमा ‘मिट एन्ड ग्रीट’ गर्ने तयारी गरेको छ । उक्त कार्यक्रममा सहभागी भएर घिसिङसँग अन्तरक्रिया गर्दै ‘अन लिमिटेड थ्री कोर्स मिल’ को स्वादमा रमाउन संघका अध्यक्ष प्रेम गाहा मगरले अपिल गर्नुभएको छ ।
कार्यक्रममा बेलायत नेपाल सम्बन्ध र गोर्खाहरुको योगदान, नयाँ नेपाल निर्माण गर्ने उनको योजना, नेपालीका दु:ख सु:ख आदिबारे पनि अन्तरक्रिया हुने जनाइएको छ । सो अवसरमा तामाङ सेलो, खुकुरी डान्स, नौमति बाजा जस्ता प्रस्तुति रहने संघको भनाइ छ ।
तमुधीं यूकेले सोमबार साँझ मिचेटस्थित तमुधीं यूके भवनमा स्वागत तथा भेटघाटको कार्यक्रम राखेको अध्यक्ष जुमकाजी गुरुङले जानकारी दिनुभयो । उहाँले तमुधीं यूकेको निमन्त्रणमा बेलायत आउनुभएका घिसिङ २४ अगस्टमा केम्पर्टन पार्कमा आयोजना हुने नेपाली मेलामा विशेष अतिथिको रुपमा उपस्थित हुनुहुने जानकारी गराउनुभयो ।
घिसिङ बेलायतमा रहँदा विभिन्न नेपाली संघ संस्थाका कार्यक्रममा सहभागी हुनुहुने जनाइएको छ ।
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा