
लन्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले विभिन्न कार्यक्रमसहित विश्व आदिवासी दिवस मनाएको छ ।
ग्याम्बलेनस्थित किरात हाउसमा अगस्ट ९ र १० तारिखमा विभिन्न व्यक्ति सम्मान, खेलकुदसहित विभिन्न प्रतिस्पर्धा गराइ आदिवासी दिवस मनाइएको हो । विश्वव्यापी रूपमा प्रत्येक वर्ष ९ अगस्टका दिन विश्व आदिवासी दिवस मनाइन्छ ।
नेफिन यूकेले पहिलो दिन भलिबल र छेलो खेल आयोजना गरेको थियो । भलिबल प्रतियोगितामा २१ टिमको सहभागिता रह्यो। युथ टिमतर्फ ग्रिनिच टिम प्रथम भई १,६०० पाउन्ड नगद पुरस्कार जित्न सफल भयो भने अल्डरसट टिम दोस्रो भयो । पुरुष भेट्रानतर्फ प्रथम ग्रिनिच भलिबल परिवार, दोस्रो स्याङ्जा यूके बने।
महिला टिमतर्फ प्रथम मोना यूके, दोस्रो म्यानचेस्टर टिम रह्यो । भलिबल प्रतियोगिताको संयोजन नेफिन यूकेका पूर्वअध्यक्ष कर्मा पहाडी शेर्पाले गर्नुभएको थियो ।
दोस्रो दिन, १० अगस्टमा, यूकेस्थित विभिन्न जातीय संगठनहरूले आफ्नो परम्परागत भेषभूषामा सुसज्जित भई झाँकी प्रदर्शन गरेका थिए। झाँकी प्रतियोगितामा प्रथम मगर संघ यूके, दोस्रो किरात याक्थुङ चुम्लुङ यूके र तेस्रो किरात राई यायोक्खा यूके बने ।
यस वर्षको आदिवासी वर्ष पुरुष २०२५ मा दुत पुन र आदिवासी वर्ष महिला २०२५ मा गंगामाया दुरालाई प्रदान गरिएको थियो ।
धनुषकाँड (आर्चरी) र छेलो खेलका विजेताहरूलाई समेत पुरस्कारसहित सम्मान गरिएको थियो ।
कार्यक्रमको सभापतित्व नेफिन यूकेका अध्यक्ष मेजर योगेश कोयी राईले र सञ्चालन महासचिव फ्रम दुराले गर्नुभएको थियो । कार्यक्रमस्थलमा खाना, सुनपसल, बुटिक, नेपाली भाँडाकुडा लगायतका स्टल राखिएका थिए ।
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा तमु धीं, तमु समाज, बीसीसी यूकेलगायत संस्था ल्होछार मनाउँदै, कहिले, के छन् कार्यक्रम ?
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो